बेलिना थापा
लमजुङ, असार १४ । गर्भवती महिला र २ बर्ष मुनिका बालबालिकाको पोषण सुधारका लागि ३० जना महिलालाई तरकारी तथा पशुपालन सम्बन्धी एकहप्ते तालिम दिइएको छ । जिल्ला पशु सेवा कार्यालय र कृषि विकास कार्यालयको आयोजनामा भएको स्रोत व्यक्ती क्षमता अभिवृद्धि तालिममा जिल्लाका ३२ गाविसका ३० जना सुनौला हजार दिनका अगुवा कृषक महिला सहभागी छन् । बालस्वास्थ्यमा सुधार ल्याउन लमजुङ जिल्लाभर एकिकृत पोषण कार्यक्रम सुआहारा सञ्चालन भैरहेको छ । गर्भवती महिला र २ बर्ष मुनिका बालबालिकाको पोषण सुधारका लागि पोषण, सरसफाई र सामाजिक व्यवहार परिवर्तनको लागि सञ्चार भन्ने उद्घोषका साथ कार्यक्रम भैरहेको आयोजकहरूले बताएका छन् । यसअघि सुनौला हजार दिनका आमाहरूलाई कुखुरा तथा तरकारीका विउ वितरण गरिएको थियो ।
Comment Here!