महिला खबर
कास्की, असार १५ । छोरा छोरी बराबरी भन्ने नारा लेखनाथकी सीता सुनारले सुनेको धेरै भयो । तर उनको जीवनमा यसले अर्थ राखेन । छोरी पाएकै कारण उनका श्रीमानले अर्की श्रीमती विहे गरे ।
२०४२ सालमा विवाह गरेकी सुनारले २०५० सालमा छोरी जन्माएकी थिइन् उनले भनिन्— ‘श्रीमानले मलाई छोरा चाहिन्छ छोरीले हुँदैन भन्दै दोस्रो विहे गर्नुभयो ।’ वैदेशिक रोजगारमा रहेका श्रीमानले कहिलेकाहि अलिअलि पैसा चाहिँ पठाउने उनले बताइन् । यहिपनि खोसिन्छ उहाँको नाम चाहिँ नछापिदिनुहोला ।
कान्छी श्रीमतीलाई पोखरामा राखेर श्रीमानले नियमित पैसा उतै पठाउने गरेको उनले सुनाइन् । आर्थिक अभावले छोरी लक्ष्मी सुनारलाई पढाउन नसकेको उनको गुनासो छ । उनले १२ कक्षा पास गरेकी छिन् । लक्ष्मीले अहिले लेखनाथकै एउटा ऊन पसलमा काम गर्छिन् ।
‘छोरा छोरी बराबरी भनेपनि व्यवहार अर्को तिर छ जसले गर्दा हामी जस्ता महिलामाथि यिनै कुराले हिंसा हुन छोडेको छैन, आफूमाथि परेको पीडा समेत खुलेर भन्न सक्दैनौं। मैले छोरा पाएको भए मेरो श्रीमान मेरै हुन्थे तर, छोरी पाएँ, अर्कै विहे गरे’—उनले भनिन् ।
प्रकाशित मिति :२०७२ असार १५ गते मंगलवार
Comment Here!