अझै छन् कमलरी


प्रकाशित मिति :2015-06-30 10:54:22

महिला खबर
नेपालगन्ज, असार १५। राज्यले उचित पहल नगर्दा कमलरी मुुक्ति अभियान पूर्णरुपमा सफल हुन नसकेको अभियानकर्मीले जनाएका छन्। पूर्व कमलरीको संस्था मुक्त कमलरी मञ्चले कम्लरी मुक्ति अभियान सञ्चालन गर्दै आएको छ।

मुक्त कमलरी मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीले मान्छेलाई दास बनाउने कमलरी मुुक्ति अभियान सञ्चालन भएको करीव १४ वर्ष भइसक्दा पनि राज्यले उचित पहल नगर्दा पूर्णरुपमा सफल हुन नसकेको गुुनासो गर्नुभयो। कानुनले मान्छेलाई दास बनाउन निरुत्साहित गरेपनि व्यवहारमा दास बनाउने प्रबृति कायमै रहेको उल्लेख गर्दै यसको अन्त्य गर्न सरकार लाग्नुपर्ने वहाँले बताउनुभयो।

मुक्त कम्लरी मञ्चको निरन्तर दवाव स्वरुप दुईवर्ष अघि सरकारले नेपाललाई कमलरी मुुक्त घोषणा गरेको थियो तर, अझैपनि थारु समुदायका किशोरी कमलरी बस्न बाध्य छन्। मुुक्त कमलरी विकास मञ्च केन्द्रीय कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा दाङ जिल्लाभित्र १९ जना, काठमाडौंमा ८, सुुर्खेत, बाँके र कास्कीमा २–२ तथा बर्दियामा एकजना कमलरी छन्।

मञ्चले दोस्रो कमलरी मुुक्ति दिवसको अवसरमा कमलरी बस्न बाध्य भएकाहरूको मुुक्तिका लागि पहल गरिदिन आग्रह गर्दै उक्त तथ्याङ्क दाङका प्रमुुख जिल्ला अधिकारी लोकनाथ पौड्याललाई बुझाएको छ। पौड्यालले प्राप्त तथ्याङ्कलाई अध्ययन गरेर कानूनमा व्यवस्था भएको र आफूलाई प्राप्त अधिकार प्रयोग गरेर पहल गर्ने आश्वासन दिएको मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीले जानकारी दिनुभयो।

प्रकाशित मितिः २०७१ असार १५ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: