बाबुराम भट्टराईद्वारा अधिकारका लागि प्रतिवाद गर्न महिलालाई आव्हान
महिला खबर
काठमाडौं, असार १५ । राजनीतिक सहमति तथा संवाद सहमतिका संयोजक डा. बाबुराम भट्टराईले महिलालगायत अल्पसंख्यक समूदायको अधिकार खोस्ने र कटौती गर्ने अधिकार संविधान मस्यौदा समितिलाई नभएको बताउनु भएको छ ।
उहाँले समाजिक सञ्जाल फेसबुकमा मस्यौदा समितिको कार्यप्रति असहमति जनाउँदै लेख्नुभएको छ –‘पहिलो संविधानसभा र राजनीतिक सहमति तथा संवाद समितिले सहमतिमा टुंग्याएको कुरा मस्यौदा समितिलाई मनोमानी रुपमा उल्ट्याउने र हटाउने कुनै अधिकार कहीं कहिल्यै कसैले दिएको छैन ।’
उहाँले संविधान मस्यौदा समितिले गरेको मनोमानि प्रति प्रतिवाद गर्न सबैलाई आव्हान् गर्नुभएको छ ।
यता महिला अधिकारकर्मी र महिला नेताहरूले नागरिकता, समान पहिचान, प्रतिनिधित्व र पहुँच सुनिश्चितता, अंश र वंशमा समानअधिकारलगायतका मुद्दा मस्यौदा समितिले प्रस्तावनाबाट हटाएको भन्दै आन्दोलन शुरु गरेका छन् ।
प्रकाशित मिति २०७२ असार १५ गते मंगलवार
Comment Here!