प्रस्तावनाबाट ‘पितृसत्तात्मक’ शब्द किन हटाईयो ?


प्रकाशित मिति :2015-06-30 16:58:17

महिला खबर

काठमाडौं, असार १५ । पहिलो संविधान सभाबाट सहमति भएर आएको र विवादित सूचीभित्र नपरेको प्रस्तावनाको ‘पितृसत्तात्मक’ शब्द संविधान मस्यौदा समितिले हटाएको छ ।
प्रस्तावनाको चौथो हरफमा सामन्ती निरंकुश, केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने भन्दै लैङ्गिक हिसावले महिलामाथि भैरहेका विभेदलाई यो मस्यौदाले अस्वीकार गरेको छ ।

IMG_1343

महिला अधिकारकर्मीहरूले पहिलो संविधान सभाले नै सहमति गरेको सामन्ती निरंकुश, केन्द्रिकृत, एकात्मक र पितृसत्तात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने व्यवस्था पुनः राखिनुपर्ने माग गरेका छन् ।
प्रस्तावनाबाट ‘पितृसत्तात्मक’ शब्द हटाएपछि संविधानको प्रावधान र कानुनमा महिला अधिकारका कुनै कुरा बलियो रुपमा नआउने अन्तरिम संविधानका मस्यौदाकार समेत रहनुभएका पुष्पा भुसालले बताउनुभयो ।
उहाँले महिलामाथि हुने सबै विभेद पितृसत्तात्मक सोच र संरचनाले खडा गरेको भन्दै सामाजिक, राजनीतिक,आर्थिक र सांस्कृतिक विभेद तथा उत्पीडनबाट मुक्त गर्न संविधानमा यस्तो व्यवस्था ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो— ‘समानता मात्र लेखेर हुँदैन, त्यसका लागि संविधान र कानुन बलियो बन्नुपर्छ, संविधानमा पितृसत्तात्मक राज्य व्यवस्थाले खडा गरेको उत्पीडनको अन्त्य लेखियो भने भोलीका दिनमा महिला समानताका लागि ठूलो बाट खोलिदिन्छ, यसमा पुरुष डराउनु पर्दैन, महिला पुरुषबीच समानता कायम भएपछि संविधानबाट यो कुरा सहमतिमा हटाउन सकिन्छ ।’

IMG_1383
नेता कल्पना धमलाका अनुसार अंश र वंशमाथिको अधिकार, नागरिकताको अधिकार राज्यका महत्वपूर्ण निकाय र निर्णायक तहमा महिलालाई जान रोक लगाउने मुख्य कारकतत्व पितृसत्तात्मक सोच र संरचना हो, त्यसलाई हटाउन सकिएन भने हाम्रो अधिकार कहिल्यै सुनिश्चित हुन सक्दैन ।
पितृसत्तात्मक सोच, मूल्य र मान्यताले नेपाली समाजमा जरो गाडेर बसेको छ भन्ने कुरो मस्यौदामा आउँदा स्पष्ट रुपमा देखिएको धमलाको भनाई छ ।
मुख्य कुरा संविधान हो । त्यसमा यो शब्द हटायो भने महिलामाथि हुने सम्पूर्ण बिभेदको अत्य गर्ने कानुनी प्रावधान आउँदैनन् । त्यसैले संविधानको प्रस्तावनामै पितृसत्तात्मक राज्य व्यवस्था अन्त्य गर्ने कुरा लेखिनु अत्यन्तै जरुरी भएको धमलाले बताउनुभयो ।

प्रकाशित मितिः २०७२ असार १५ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: