नयाँ संविधानले दिएन स्थानीय निकायमा समान सहभागिता


प्रकाशित मिति :2015-06-30 16:56:08

महिला खबर

ललितपुर, असार १५। संविधानको मस्यौदामा स्थानीय निकायमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित नगरिएको भन्दै अधिकारकर्मी र राजनीतिक दलका महिलाले बिरोध गरेका छन्। मस्यौदामा स्थानीय निकायमा महिलाको सहभागिता न्युन भएको भन्दै उनीहरूले स्थानीय निकायका संरचनामा पदाधिकारीसहित सदस्यमा गरि ५० प्रतिशत सहभागिताको माग गरेका छन्।

IMG_1356

यो मस्यौदामा महिलालाई सदस्य पदमामात्रै र कतिपय संरचनामा ३३ प्रतिशत समेत नपुगेकोमा उनीहरूको आपत्ती छ।

मस्यौदामा स्थानीय निकायका संरचनाहरू गाउँपालिका र नगरपालिकाका प्रमुख र उप प्रमुख प्रत्यक्ष निर्वाचन मार्फत निर्वाचित हुने व्यवस्था छ। यसैगरि १५ सदस्यीय गाउँ कार्यपालिकामा ४ जना महिला सदस्य हुने व्यवस्था छ भने १९ सदस्यीय नगर कार्यपालिकामा पाँच जना महिला सदस्य हुने व्यवस्था गरिएको छ।

यसैगरि प्रत्येक गाउँ कार्यपालिका र नगर कार्यपालिका प्रमुख सदस्य रहेको जिल्ला सभा बनाइने छ। जिल्ला सभाले ३ जना महिला र एकजना दलित वा अल्पसंख्यक सहित नौ सदस्यीय जिल्ला समन्वय समितिका लागि निर्वाचन गर्नेछ।

स्थानीय तहको व्यवस्थापकीय अधिकारका लागि गाउँपालिकामा एउटा गाउँसभा र नगरपालिकामा एक नगर सभा हुने व्यवस्था छ। ४५ सदस्यीय गाउँ सभा र ५५ सदस्यीय नगरसभाका लागि प्रत्येक वडाबाट कम्तीमा २ जना महिलाको प्रतिनिधित्व हुने व्यवस्था मस्याैदामा गरिएको छ।

यो व्यवस्थाले स्थानीय निकायमा  महिलाकाे समान र प्रमुख पदमा सहभागिता हुने सभांवना न्युन भएको छ।

प्रकाशित मितिः २०७१ असार १५ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: