महिला खबर
नेपालगन्ज, असार १६—बाँकेम समूहमा आवद्ध महिलाले सामूहिक धान रोपेर धान दिवस मनाएका छन्। टिटिहिरिया गाविसस्थित दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा महिलाले सामूहिक रुपमा धान रोपेका हुन्।
सहकारीमा आवद्ध १४ महिला समूहका करिव ३ सय ७५ महिला धान रोपाइँमा सहभागी भएको स्थानीय सृजनशील महिला समूहका सचिव लालुमाया पाण्डेले जानकारी दिनुभयो।
समूहका दिदीबहीनीहरू एकैठाउँमा जम्मा भएर दहि च्यूरा खाँदै धान रोप्दा रमाईलो भएको स्वर्णिम प्रतिभा पुरस्कार–२०१४ विजेता दिलकुमारी पौडलले सुनाउनुभयो ।
बाँकेमा मनसुन ढिलो सुरु भएका कारण कतिपय किसानले भरखरै मात्र धानको विउ राख्न थालेका छन्। बाँकेमा बुधवारसम्म ४ प्रतिशत मात्र रोपाइँ भएको प्रमुख जिल्ला कृषि अधिकृत राजेन्द्र प्रधानले जानकारी दिनुभयो।
प्रकाशित मितिः २०७२ असार १६ गते बुधवार
Comment Here!