सीमा नाका कडाइ गर्न प्रहरी महानिरीक्षककोे निर्देशन


प्रकाशित मिति :2015-07-02 11:50:17

रमला सिंगक
igp_upendra_k_aryalसुनसरी, असार १७ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भूकम्पपछि मानव तस्कर बढेको भन्दै खुल्ला सीमामा कडाइ गर्न निर्देशन दिनुभएको छ । पूर्वका खुला सीमा र नाका निरीक्षणका क्रममा उहाँले प्रहरीलाई यस्तो निर्देशन दिनुभएको हो ।
भूकम्पप्रभावित गोर्खा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौं, धादिङलगायत जिल्लाका महिलालाई इलामका अवैध सीमा नाका हुँदै दलालले भारतका कोठीमा पुर्‍याउन थालेपछि आईजीपी अर्यालले  मातहतका प्रहरीलाई सीमामा कडाइ गर्न निर्देशन दिनुभएको हो ।
उहाँले प्रहरीलाई सचेत हुन आग्रह गर्दैै महिला वेचविखन नियन्त्रण गर्न पूर्वका विभिन्न नाका र खुला सिमानामा बढी ध्यान दिन निर्देशन दिनुभएको छ ।
भूकम्प प्रभावित जिल्लाका महिला दलालको प्रलोभनमा परेर भारतलगायत अन्य मुलुकमा जान सक्ने भएकाले खुल्ला सीमा भएका जिल्लालाई सीमा क्षेत्रमा कडाइ गनुपर्ने अर्यालले बताउनुभयो ।
महानिरीक्षक अर्यालको निर्देशनलगत्तै प्रहरीले सीमा क्षेत्रमा सतर्कता बढाएको छ ।
झापाका प्रहरी प्रमुख रविन्द्रनाथ रेग्मीले झापा जिल्लाका सीमा क्षेत्रमा कडा गरिरहेको बताउनुभयो । प्राकृतिक विपत्ति र बेरोजगारीको फाइदा उठाउँदै दलालले महिलालाई बेच्न सक्ने हुँदा नाकामा पहिलादेखि नै कडा गरेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘अहिले हामीले काँकरभिट्टा, भद्रपुर र बिर्तामोडको बसपार्क क्षेत्रका शंकास्पद ठाउँमा समेत सादा पोसाकका प्रहरी परिचालन गरेका छौं ।’
प्रहरी महानिरीक्षक अर्यालको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नारायण चिमरीयाले सीमा क्षेत्रमा कडाइका साथ काम गरिरहेको बताउनुभयो ।
क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रवक्ता श्यामल सुब्बाले भूकम्पपछि पूर्व क्षेत्रको सीमा नाकामा प्रहरीलाई विशेष सतर्क रहन निर्देशन भइसकेको जानकारी दिनुभयो ।
सीमामा सादा पोशाकका प्रहरीलाई परिचालन गरी महिलालाई नाका कटाउने संवेदनशील क्षेत्रमा कडाइ गर्न पूर्व क्षेत्रीय प्रमुख डिआईजीले समेत मातहतका प्रहरी अधिकृतलाई निर्देशन दिइसकेको सुब्बाले बताउनुभयो ।

प्रकाशित मिति २०७२ असार १७ गते बिहीवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: