मानव बेचबिखनविरुद्ध नेपाल—भारत इन्डो सञ्जाल निर्माण


प्रकाशित मिति :2015-07-02 11:58:18

महिला खबर

india-nepal-flag-300x225नेपालगन्ज, असार १७। नेपालको मध्यपश्चिम क्षेत्रबाट हुनसक्ने मानव बेचबिखनलाई रोक्न सीमावर्ती क्षेत्रमा भारतीय संघ संस्था र सुरक्षा निकायको सहभागितामा अन्तरदेशिय इन्डो नेपाल सञ्जाल निर्माण गरिएको छ। बेचबिखन तथा श्रम शोषणमा परेका बालबालिका र महिलाको उद्धारका लागि सञ्जाल निर्माण गरिएको हो।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्ला समिति बाँके र माईती नेपाल नेपालगन्जले आयोजना गरेको नेपाल र भारतीय सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित बैठकले सञ्जाल निर्माण गरेको हो।

सञ्जालमा मानव बेचबिखनविरुद्ध क्रियाशील दुवै देशका सरकारी र गैरसरकारी संस्था एवं दुवै देशका सुरक्षा निकायका अधिकारीलाई समेटिएको माईती नेपाल नेपालगन्जका संयोजक केशव कोईरालाले जानकारी दिनुभयो।

समुदायस्तरमा समेत जनचेतनामुलक कार्यक्रम, रिक्सा, टांगालगायतका सवारीचालकलाई तालिम दिई सम्वेदनशील बनाईने दुई देशका अधिकारीहरू बिच भएको बैठकले निर्णय गरेको छ। बैठकले मानव बेचबिखन रोकथामका लागि छलफल एवं पहल गर्ने, सिमा क्षेत्रमा संयुत्क अनुगमन गर्ने, दुबै देशका नागरिकस्तरमा यस वारेमा छलफल गरी चेतना बढाउने खालका कार्यक्रम गरिने र दुबै देशतर्फ सूचना केन्द्र स्थापना गरि जोखिमपूर्ण अवस्था रहेका र श्रम तथा यौन शोषणमा परेकाहरूको उद्धार एवं पुनर्स्थापनाका गर्ने निर्णय गरेको संयोजक केशव कोईरालाले बताउनुभयो।

मानव बेचविखन तथा ओसारपसारविरुद्धको जिल्ला समिति बाँकेका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले मानव बेचबिखन अन्तर्राष्ट्रिय समस्या भएको हँुदा मानवता बिरोधी अपराधविरुद्धमा दुवै देश लाग्नुपर्ने बताउनुभयो।

बैठकमा भारतको बहराईचका एसपी नेहा पाण्डे, अञ्चल प्रहरी कार्यालय भेरीका निमित्त प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रहरी उपरीक्षक गोबिन्दराम परियार, भारतीय सिटी एसपी दिनेश त्रिपाठी, उत्तराञ्चल बिकास संस्थान भारतका तेजसिंह भण्डारीलगायतले नेपाल र भारतबीचको मुख्य नाकावाहेक अन्य नाकाहरूमा समेत दुबै देशका सुरक्षा निकाय, सामाजिक संघसंस्थाहरू समेतको निगरानी र सक्रियता रहनुपर्ने कुरामा जोड दिनु भएको थियो।

जोखिमपूर्ण एवं श्रम शोषण तथा अन्य शोषणमा परेका बालबालिका तथा महिलाको आपसी समन्वय गरी उद्धारका लागि सहज वातावरण बनाउन बाँकेलगायत कैलाली, कन्चनपुर, रुपन्देही, पर्सा र विराटनगरमा समेत यसप्रकारको कार्यक्रम गर्न लागिएको माइती नेपालका कार्यक्रम प्रवन्धक सविन गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ असार १७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: