सृजना अर्याल
चितवन, असार १७ । अन्तरपार्टी महिला सञ्जालले गत वैशाखमा गएको भूकम्पपछि महिलामाथि हिंसा बढेको भन्दै भूकम्प प्रभावित जिल्लामा अनुगमन शुरू गरेको छ ।
अनुगमनका लागि चितवन आउनुभएका सञ्जालका केन्द्रीय अध्यक्ष शशी श्रेष्ठले चितवनलाई ट्रान्जिट प्वाइन्ट बनाएर मानव वेचविखन तथा ओसारपसारका घटनाहरू हुने गरेको र भूकम्प प्रभावित महिलाको सुरक्षा राज्यले दिन नसकेको बताउनु भयो ।
अनुगमनमा आएको केन्द्रीय टोलीले पत्रकारसँग कुरागर्दै भुकम्पपछि अपराधिक मानसिकता भएका मान्छेले अभिभावकविहिन, न्युन आय भएका महिला तथा बालबालिकालाई रोजगार र आश्रय दिने नाममा बेचबिखन गर्ने गरेको तथा अस्थायी शिविरमा पनि यौन हिंसा भएको भन्ने बारे वास्तविक अवस्था बुझ्न चितवनको भूकम्प प्रभावित क्षेत्र लोथर आएको जानकारी दिएको छ ।
सञ्जालको टोलीले चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, स्थानिय विकास अधिकारी भरतमणी पाण्डे, प्रहरी उपरीक्षक सहकुल बहादुर थापालगायत महिला विकास अधिकृत शान्ता कुमारी पौैडेलसँग भूकम्पपछिको महिलाको अवस्था बारे छुटाछुटै छलफल गरेको छ ।
प्रकाशित मिति २०७२ असार १७ गते बिहीवार
Comment Here!