महिला खबर
म्याग्दी, असार १७ । जिल्ला अदालत म्याग्दीमा बाल इजलास स्थापना भएको छ । बालबालिकाको न्यायमा सहज पहुँच बढाउन बालमैत्री कक्ष र इजलास स्थापना गरिएको जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार गोकर्णराज पन्तले जानकारी दिनुभयो ।
बालबालिकासम्बन्धी मुद्दाको अनुसन्धान, अभियोजनदेखि फैसला गर्न छुट्टै बाल इजलास स्थापना गरिएको श्रेस्तेदार पन्तले बतानुभयो । बालबालिकाको मुद्दालाई संवेदनशील मान्ने गरिएकाले मनोसामाजिक परामर्शको समेत व्यवस्था गरिएको छ । उमेर पुगेकालाई सरह सजाय नभई बालबालिकालाई सुधार र समाजमा पुनःस्थापना गराउन सघाउने उद्देश्यले बालबालिकासम्बन्धी ऐनमा आधारित रहेर न्याय सम्पादन गरिने जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीले बताउनुभयो ।
बालमैत्री न्याय प्रणालीलाई व्यवस्थित बनाउन म्याग्दीलगायत देशका ५६ वटा जिल्ला अदालतमा बाल इजलास स्थापना भइसकेको छ ।
प्रकाशित मितिः २०७१ असार १७ गते बिहीवार
Comment Here!