मस्यौदाले महिलाका पर्याप्त मुद्दा सम्बोधन गरेन : अध्यक्ष भण्डारी


प्रकाशित मिति :2015-07-02 16:52:57

सुमित्रा के सी
काठमाडौं, असार १७ । एमाले उपाध्यक्ष तथा अखिल नेपाल महिला संघका अध्यक्ष विद्यादेवी भण्डारीले नयाँ बन्ने संविधानको मस्यौदाले महिलाका थुप्रै मुद्दालाई समेटे पनि पर्याप्त नभएको बताउनु भयो ।
संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले महिलाले प्राप्त गरेका उपलब्धी संस्थागत गर्दै थप उपलब्धीका लागि पहल र संघर्षगर्दै अगाडी बढ्ने बताउनु भयो ।

pp
उहाँले छिट्टै संक्रमणकालीन अवस्थाको अन्त्य भई समयमै महिला मुखी संविधान बन्ने कुरामा आफू आशावादी रहेको बताउनु भयो ।
संघले मस्यौदाको प्रस्तावनामा पितृसत्ताको अन्त्य गर्दै लेखिनु पर्ने, स्थानिय निकायमा पदाधिकारी सहित ५० प्रतिशत महिला सहभागिताको व्यवस्था हुनु पर्ने, राज्यका प्रमुख ३ पद मध्ये १ महिलाले पाउनु पर्र्नेे र वैदेशिक वैवाहिक अंगिकृत नागरिकता प्रदान गर्दा समान मापदण्ड हुनु पर्ने लगायतका माग गरेको छ ।

प्रकाशित मिति २०७२ असार १७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: