सांकेतिक भाषा सिक्दै महिला


प्रकाशित मिति :2015-07-03 11:50:31

भेषराज बस्नेत

नेपालगन्ज, असार १८ । बाँके चिसापानीकी शान्ता बुढा विहान ८ देखि १० बजेसम्म सांकेतिक भाषा सिक्न व्यस्त हुन्छिन् ।

सांकेतिक भाषा पढाउने शिक्षिका रहेकी बुढा रहनुभएकी बुढाले भाषालाई अझै तिखार्न पुर्नताजगी तालिम लिईरहेकी छिन् । दिउँसो भने महादेवपुरी गाविसको ढकेरीस्थित गणेश उच्च माविमा बहिरा बालबालिकालाई सांकेतिक भाषा सिकाउँछिन् ।

शान्ताले बहिरा बालबालिकालाई सांकेतिक भाषा सिकाउन थालेको ६ महिना भयो । ‘सुरुमा बालबालिकालाई केही थाह थिएन नाम पनि भन्न सक्दैनथे, बोल्दै नबोल्ने डराउने स्वभाव थियो । अहिले उनीहरू धेरै जान्ने बुझ्ने भएका छन् । सामान्य कुरा भनिहाल्छन्— शान्ताले भनिन् ।’ सूर्योदय उच्च माविमा पढीरहेकी तुलसी थापा पनि हिजोआज सांकेतिक भाषा सिक्न लागिपरेकी छिन् ।

सूर्योदय उच्च माविको सांकेतिक भाषा तालिम कक्षामा भेटिएकी थापाले भनिन् – ‘ सांकेतिक भाषा सिक्ने ठूलो रहर थियो त्यसैले सरहरुसँग अनुरोध गरेर सांकेतिक भाषा सिक्दैछु । गाउँका सुस्त श्रवण (बहिरा) किशोरीलाई किशोरी क्लव सञ्जालमा समेट्न र उनीहरूका हक अधिकारको वकालत गर्न सांकेतिक भाषा जरुरी छ ।’

Sanketik

तुलसी सँगै चिसापानीस्थित दहित निमावि, सूर्योदय उच्च माविका विद्यार्थी र विभिन्न संघ–संस्थाका व्यक्तिले पनि सांकेतिक भाषा तालिम सिकिरहेका छन् । रारा मानवीय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी) बाँकेले बहिरा बालबालिकालाई शिक्षासहित अन्य अधिकारमुखी काममा सहभागिता बढाउन विद्यालयका शिक्षक तथा विभिन्न समुदायका व्यक्तिलाई सांकेतिक भाषा तालिम दिँदै आएको छ ।

सांकेतिक भाषा सिकेका शिक्षकले विद्यालयमा बहिरा विद्यार्थीलाई बुिझने तरिकाले बुझाउन सक्ने भएका छन् ।
शिक्षकले सामूहिक रुपमा पढाउँदा सुस्त श्रवण भएका विद्यार्थीलाई जान्न र बुझ्न गाह्रो हुने गरेकोमा सांकेतिक भाषा सिकेपछि उनीहरूलाई सिकाउन सजिलो भएको दहित निमावि चिसापानीका शिक्षक पृथ्वीबहादुर चौधरीले बताए ।

चिसापानी च्यामा बाँकेमा रहेको दहित निम्न माध्यमिक विद्यालयमा हाल ३७ जना सुस्त श्रवण बालबालिका अध्ययनरत छन् । सरकारले समाहित शिक्षा अन्तरगत अपाङ्गता भएका र सवलाङ्गग विद्यार्थीलाई एउटै कक्षा कोठमा पढाउने नीति लिएपछि विद्यालयले सुस्त श्रवण भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीसँगै राखेर पढाउने गरिएको छ । तर, सवै विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर पढाउँदा सवलाङ्गग विद्यार्थीको तुलनामा सुस्त श्रवण विद्यार्थीलाई बुझ्न समस्या परेको छ ।

शिक्षक चौधरीले भन्नुभयो–‘सुस्त श्रवण भएका विद्यार्थीलाई कान सुन्ने विद्यार्थीसँगै राखेर पढाउँदा उनीहरुले नबुझ्ने र बहिरा विद्यार्थीलाई हाउभाउ तथा संकेतको माध्ययमबाट पढाउँदा अन्य विद्यार्थीलाई न्यास्रो हुने गरेको छ ।’
सांकेतिक भाषाको ज्ञान नहुँदा सुस्त श्रवण विद्यार्थीलाई पढाउन समस्या भइरहेको सोही विद्यालयकी शिक्षिका शारदा चौधरीले बताउनुभयो ।

बहिरा विद्यार्थीको कान नै आँखा भएकाले चित्र, संकेत र हाउभाउबाट बुझाउनु पर्ने भएकोले एउटै कोठामा राखेर पढाउन समस्या भएको छ । पहिले सामुहिक रुपमा पढाउने र पछि नसुन्ने विद्यार्थीलाई हाउभाउ एवं संकेतको माध्यमबाट पढाउँदा समय अपुग हुने गरेको शारदाको भनाई छ । सांकेतिक भाषाको सामान्य तालिम लिए पनि विद्यार्थीहरुबाट भाषा सिकिरहेको उहाँले बताउनुभयो ।

रेरीले बाँके र कैलालीको विभिन्न स्थानमा छरिएर रहेका सुस्त श्रवण बालबालिकालाई शिक्षा दिन विशेष कार्यक्रम ल्याएको छ । बाँकेको चिसापानी, महादेवपुरी र राप्तीपारीका बालबालिकालाई लक्षित गरि कार्यक्रम संचालन भएको रेरीका अध्यक्ष पुनितविक्रम शाहले बताउनु भयो ।

राज्यले हरेक शिक्षकलाई सांकेतिक भाषाको ज्ञान दिन आवश्यक छ । सवै शिक्षकलाई सांकेतिक भाषाको ज्ञान नदिएर समाहित शिक्षा प्रभावकारी हुन नसक्ने अध्यक्ष शाहको भनाइछ ।

प्रकाशित मिति २०७२ असार १८ गते शुक्रवार

सांकेतिक भाषा सिक्दै महिला

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: