भूकम्पप्रभावित क्षेत्रका बालबालिका कुपोषणको उच्च जोखिममा : यूनिसेफ


प्रकाशित मिति :2015-07-03 14:31:30

महिला खबर

काठमाडौं, असार १८ । भूकम्प प्रभावित १४ जिल्लाका वालवालिका कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले जनाएको छ ।
युनिसेफ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र साझेदारको अध्ययन अनुसार ६ देखि ५९ महिनासम्मका ६० हजार बालबालिका मध्ये १ हजार ५ सय ७२ बालबालिका कुपोषण जोखिममा रहेको र १ सय ९१ बालबालिकामा कुपोषण देखिएको छ ।
युनिसेफले आज एक विज्ञप्ति जारी गरी गम्भीर कुपोषण भएका सबै बालबालिकालाई उपचारात्मक खाना खुवाउन बहिरङ्ग उपचारात्मक कार्यक्रम (ओटीपी) केन्द्रमा भर्ना गरिएको जनाएको छ ।
अभियानले भुकम्पबाट अति प्रभावित १४ जिल्लाका ५ लाखभन्दा धेरै बालबालिका र महिलालाई अत्यावश्यक पोषण सेवामा सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

9Kf7_TX-ePQr1D4CeU_vWmjq1TgPX9fQ_o5ciFm2FJo
विज्ञप्ति अनुसार अति प्रभावित १४ जिल्लाका पाँच वर्षमुनिका ६ लाख बालबालिका, गर्भवती तथा स्तनपान गराउने आमाहरूलाई लक्षित गरी शुरुका तीन महिनाका लागि आवश्यक सबै पोषण तत्वहरू उपलब्ध गराइएको हो ।
स्तनपानको महत्व तथा बट्टाको पाउडर दूध खुवाउँदा हुने जोखिमकाबारे ३५ हजारभन्दा धेरै आमाले परामर्श सेवा पाएका छन् ।

dDf_tOonUrPRuWCzKI1hxUfNHO-e5f4FjnEM1VxhhAY

‘भूकम्प आउनु अघि नेपालमा १० जनामा चार जना बालबालिकालाई कुपोषण थियो । भूकम्पपछि प्रभावित जिल्लाका ६ देखि ५९ महिना उमेरका बालबालिका कुपोषणको उच्च जोखिममा छन्’— नेपालस्थित युनिसेफका प्रतिनिधि श्री टोमो होजुमीले भन्नुभयो ।

अभियान अन्र्तगत वालवालिकाको रोग प्रतिरोधात्मक क्षमतालाई सुदृृढ गर्न र महिलाको गर्भावस्था र स्वस्थ शिशुका लागि पाँच वर्षमुनिका ३ लाख ६२ हजार बालबालिकालाई बहुसूक्ष्मपोषण तत्व तथा १ लाख ८५ हजार गर्भवती महिला जुकाको औषधीका साथै आइरन र फोलिक एसिड चक्कि तथा स्तनपान गराउने महिलालाई भिटामिन ए खुवाउने लक्ष्य रहेको यूनिसेफले जनाएको छ ।

प्रकाशित मिति २०७२ असार १८ गते शुक्रवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: