जाेत्नेदेखि राेप्नेसम्मकाे जिम्मा महिलालाई


प्रकाशित मिति :2015-07-04 12:12:21

भेषराज बस्नेत
नेपालगन्ज, असार १९ । कचनापुर–७ टिकुलीपुर बाँकेकी ह्रदयकली बि.क.ले खेतमा हलो जत्ने मान्छे नपाएपछि यसवर्ष आफै जोतिन् । श्रीमान रोजगारीको लागि भारतमा रहेकोले उनी एक्लैले खेतीपातीको काम सम्हाल्नु परेको छ । मध्यपश्चिमको अधिकांश जिल्लाका ग्रामीण क्षेत्रमा पुरुष रोजगारीका लागि जिल्ला बाहिर वा विदेश रहेकोले घरमा बालबालिका स्याहार्ने, घरव्यवहार चलाउने र खेतीपाती गर्नेसम्मको सम्पूर्ण काम महिलाको काँधमा छ ।

करिव ३ सय घरधुरी रहेको बाँकेको कचनापुर टिकुलीपुरमा मात्रै २५० भन्दा बढी घरपरिवारका युवा तथा पुरुष रोजगारीका लागि बाहिर छन् । ‘गाउँमा पुरुष छैनन् सबै काम महिलाले गर्दै आएका छौँ ।’—स्थानीय वडा नागरिक मञ्चकी संयोजक लक्ष्मी शाहीले भन्नुभयो —‘महिला दिदीबहिनीहरू आलोपालो गरेर खेती किसानीको काम गर्दै आएका छौँ ।’ अन्य काम गर्न सामान्य भए पनि हलो जोत्न कठिनाई हुने गरेको शाहीको भनाई छ । उअनुसार, टिकुलीपुरमा ह्रदयकली बि.क सँगै हुपी खत्री, मनसरी बि.क.ले पनि आफै हलो जोत्दै आउनु भएको छ ।

गाउँमा बालबालिका र वृद्ध मात्रै भेटिन्छन् । गाउँमा युवा नभएकोले खेती किसानी जोत्नेदेखि रोप्नेसम्मको काम महिलाले गर्नुपरेको बाँके कचनापुर—९ वडा नागरिक मञ्चकी संयोजक अञ्जना बिष्ट बताउनुहुन्छ । हलो जोत्नेदेखि विरामीलाई अस्पताल पुर्याउनेसम्मको काम महिलालेनै गर्दै आएको उहाँले बताउनुभयो ।

गाउँमा आउने समस्याको वारेमा महिलाले वडा वडामा छलफल गरेर समाधान निकाल्ने गरेका छन् । छलफल कक्षबाटै खेतीकिसानीमा आलोपालो गर्ने सल्लाह पनि हुने गरेको स्थानीय छलफल कक्षकी सहजकर्ता गौतरा डाँगीले जानकारी दिनुभयो । सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँकेले सञ्चालन गरेको मेरो अधिकार मेरो आवाज कार्यक्रमको छलफल कक्षामा सहभागी भएर महिला दिदीबहिनीहरूले आफ्ना समस्याको समाधान निकाल्ने गरेको स्याकका कार्यक्रम संयोजक सोमराज जि.सी.ले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा पुरुष नहुँदा पनि महिला दिदीबहिनीले विभिन्न संघसंस्थाका समूहमा आवद्ध भएर अधिकारमुखी क्रियाकलाप सँगसँगै कृषिका काममा पनि सामूहिक रुपमा काम गर्दै आएको कृषि बिकास कार्यालय बाँकेका प्रमुख राजेन्द्र प्रधानले बताउनुभयो ।

प्रकाशित मितिः २०७२ असार १९ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: