महिला खवर
काठमाडौँ, असार १९ । संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीमगरले अब मुलुकले छिट्टै संविधान पाउने बताउनुभएको छ ।
नेसनल डेमोक्र्याटिक इन्स्टिच्युट तथा महिला अधिकारकर्मीद्वारा काठमाडौंमा आयोजित अन्तक्र्रियामा उपाध्यक्ष घर्तीमगरले दलहरूबीच भएका विभिन्न छलफल तथा लामो प्रयासपछि आएको प्रारम्भिक मस्यौदाले संविधान निर्माणको गतिरोधलाई अन्त्य गरेको बताउनुभयो ।
उहाँले महिलालाई सम्पत्तिमाथि अधिकार कायम हुनुपर्नेमा जोड दिनुभयो । उनीहरू पुरुषसँग प्रतिस्पर्धा गरी अहिले अघि बढ्न सक्ने अवस्था नरहेकाले अझै राज्यका विभिन्न निकायमा आरक्षणाको आवश्यकता छ उपाध्यक्ष घर्तीले भन्नुभयो ।
कार्यक्रममा अधिवक्ता सपना मल्लप्रधानले राजनीतिक दल तथा अन्य निकायमा समानुपातिक समावेशी सुनिश्चित गरिनुपर्नेमा जोड दिँदै संविधानको मस्यौदालाई पूर्णता दिने र अबको हरेक निर्णय प्रक्रियामा संविधानसभाले महिला सहभागिता सुनिश्चित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता निर्मला क्षेत्री, नानु बाँस्तोला, नेकपा (एमाले)का नेता थममाया थापालगायतले महिला अधिकार स्थापित गर्न पार्टीका भगिनी संस्थालाई बलियो बनाउनपर्ने बताउँदै प्रदेशसभामा ४० प्रतिशत तथा स्थानीय निकायमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिनुुभयो ।
एनेकपा(मओवादी) पोलिटब्युरो सदस्य कमला रोका र सोही पार्टीका पूर्व सभासद् विमला केसीले राष्ट्रिय सत्ताका प्रमुख पदमा म हिला पुरुष आलोपालो हुनुपर्नेमा जोड दिँदै संविधान लैङ्गिकमैत्री हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रकाशित मितिः २०७२ असार १९ गते शनिवार
Comment Here!