रमला सिंगक
सुनसरी, असार २० । विद्यालयमा अध्ययरत किशोरीहरूलाई सुन्दर समाज निर्माण समूहले सुधारिएको घरेलु प्याड बनाउन सिकाउने अभियान सुरु गरेको छ ।
महिनावारी शारीरिक स्वास्थ्य र प्रजनन स्वास्थ्यसँग जोडिएकाले निम्न आय भएका परिवारका किशोरीहरूलाई सुधारिएको प्याड बनाउने तालिम अभियानकै रुपमा शुरु गरेको समूहले जनाएको छ ।
समूहले धरानका ५ वटा विद्यालयममा घरेलु प्याड बनाउने तालिम दिईसकेको छ, भने अहिले छात्रामात्र अध्ययन गर्ने धरानकै शारदा नमूना बालिका उच्च माविमा सुरु गरेको छ ।
घरेलु प्याड बनाउने अभियान अन्तरगत २ सय २६ जना किशोरीहरूले तालिम लिइसकेको समूहका सचिव विनोद विश्वकर्माले जानकारी भयो । एउटा विद्यालयमा प्याड बनाउनको लागि तीन दिने तालिम दिने गरिएको छ ।
महिनावारी हुँदा किशोरीहरूको स्वास्थ्यमा असर नपुगोस् र बजारमा आउने महङ्गो प्याड किन्दा लाग्ने खर्चको वचत होस् भन्ने उद्देश्यले घरेलु प्याड बनाउने तालिमको आयोजना गरेको उहाँले बताउनुभयो ।
विश्वकर्माले भन्नुभयो–‘एउटा विद्यालयका ३० जना किशोरीलाई तालिम दिने लक्ष्य राखेका छौं । लक्ष्य भन्दा धेरै किशोरीहरू तालिममा सहभागी भएका छन् ।’
घरेलु प्याड बनाउने तालिमका प्रशिक्षक रीता श्रेष्ठले सफा र सुकिलो प्याड प्रयोग नगरेकाकारण पाठेघरमा संक्रमण हुन् सक्ने भएकाले सफा सुतीे कपडाको रुमाललाई प्याड बनाउन सकिने उपयुक्त तरिका सिकाउँदै आएको बताउनुभयो । घरेलु विधिद्धारा प्याड बनाउँदा कम खर्चिलो हुने उहाँको भनाई छ ।
सुधारिएको घरेलु प्याड बनाउने तालिममा सहभागी एक छात्राले भनिन् –‘हामी जस्ता निम्न आय भएकाले बजारमा पाइने महङ्गा प्याड किनेर लगाउनु सकिँदैनथ्यो । सुन्दर समाज निर्माण समूहको तालिमले ठूलो सहयोग गरेको छ ।’
महिनावारीको बेला प्याड किन्ने पैसा नभएपछि पुराना कपडा प्रयोग गर्ने गरेको ती छात्राले बताइन ।
प्रकाशित मिति २०७२ असार २० गते अाईतवार
Comment Here!