महिला खबर
चितवन, असार २० । पत्रकारितामा महिलाको उपस्थित उत्साहजनक भएपनि निरन्तरता दिन चुनौतीपूर्ण रहेको पत्रकार महिलाले बताएका छन् । महिला तथा बालबालिका कार्यालय चितवनले आयोजना गरेको ‘महिला र सञ्चार, अवसर र चूनौती’ विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख शान्ता कुमारी पौडेलले कार्यक्षेत्रमा लैङ्गिक अनुकूल वातावरण निमार्णका लागि पत्रकार महिला ठुलो भूमिका रहने भन्दै पत्रकार महिलाको क्षमता अभिवृद्धि र निरन्तरताकालागि सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले महिला तथा बालबालिका कार्यालयले धेरै क्षेत्रमा काम गर्नुपरेको तर कम बजेट विनियोजन हुने भन्दै महिलाका सबै मुद्दालाई उठान गर्न नसकेको प्रमुख पौडेलको भनाई छ । अन्तरक्रियामा उहाँले कार्यस्थलमा हुने यौन दुर्व्यवहार नियन्त्रण ऐन २०७१ को बारेमा स्पस्ट पार्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरि प्रसाद पोखरेलले महिला र बालबालिकाको क्षेत्रमा कलम चलाउँदा धेरै संबेदनशीलता अपनाउनुपर्ने बताउनुभयो । अन्तरक्रियामा सञ्चार माध्यममा कलम चलाईरहेका पत्रकार महिलाको समस्या साथै महिला माथि हुने यौनजन्य हिंसालगायतका बारेमा पनि छलफल भएको थियो ।
पछिल्लो दिनमा चितवनमा महिला पत्रकारको उपस्थिति उल्लेख्य रहेतापनि पेसागत सुरक्षाको सवाललाई प्राथमिकताका साथ उठाउन थालिएको छ । महिला सञ्चारकर्मीहरूले सञ्चार माध्यममा विभिन्न चूनौतीको सामना गरिरहेको भन्दै पत्रकार महिलाका लागि उचित अवसर सृजना गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाल पोखरेल, उपाध्यक्ष दिपेन्द्र बडुवाल, पूर्व महासंघ सचिव शान्ता अधिकारी, महिला लेखक मञ्च चितवनकी अध्यक्ष सिर्जना अर्याल, डव्लु डव्लु जे चितवनकी अध्यक्ष शान्ता अधिकारी, महिला तथा बालबालिका कार्यलय चितवनका कर्मचारीलगायत चितवनमा क्रियाशील पत्रकार महिलाको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०७२ असार २० गते आईतवार
– See more at: http://mahilakhabar.com/?p=3014#sthash.VoH1Zeix.dpuf
Comment Here!