बिमला भण्डारी क्षेत्री
पोखरा, असार २१ । पोखराका सञ्चारकर्मी महिलालाई महिला शक्तिकरण नेपालले आत्मरक्षा तालिम दिएको छ ।
शक्तिकरण नेपालको सहयोगमा रेडियो जननी पोखराले आयोजना गरेको एक दिने आत्मरक्षा तालिममा कसैले आक्रमण र दुव्यर्वहार गर्ने प्रयास गरेमा आत्मरक्षाका लागि प्रतिकार कसरी गर्ने भन्ने सिकाइएको थियो ।
मार्सल आर्ट खेलाडी अजय मानन्धरले कुनै व्यक्तिले छुन खोज्दा, समाउन खोज्दा आफू घाइते नहुने तर आक्रमण गर्न खोज्नेलाई भने असर पार्ने खालका प्रतिकार गर्ने आधारभूत तरिका सिकाउनु भएको थियो । तालिमा २० जना सञ्चारकर्मी महिला सहभागी भएका थिए ।
तालिमको समापन कार्यक्रममा बोल्दै महिला शसक्तिकरण नेपालका संस्थापक अध्यक्ष रस्मिला प्रजापतीले महिला तथा बालबालिकामाथि हुने गरेका घरेलु तथा यौन हिंसा, बेचबिखन, जबरजस्ती करणी लगायतका घटनाबाट जोगिदै कसरी प्रतिकार गर्ने भन्ने कुरा सिकाउने र महिलामा आत्मरक्षाका लागि आत्मविश्वास बढाउने उद्देश्यसहित आफ्नो संस्थाले यस्तो कार्यक्रम गर्दै आएको बताउनुभयो ।
पछिल्लो समय समाजमा महिलामाथि हिंसाका घटना बढ्दै गएको अवस्थामा महिला सजग रहन र प्रतिकार गर्नका लागि यस्ता तालिम अत्यन्त प्रभावकारी हुने रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले बताउनु भयो ।
प्रकाशित मिति २०७२ असार २१ गते सोमवार
Comment Here!