महिला खबर
अफगानिस्तान,असार २१ । अफगानिस्तानले पहिलो पटक सर्वाेच्च अदालतमा महिला न्यायाधीस नियुक्त गरेको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अनिसा रासोलीलाई देशकै पहिलो महिला न्यायाधीस नियुक्त गर्नुभएको हो ।
अनिसा अफगानिस्तान महिला न्यायाधीस संगठनकी प्रमुख र किशोर अपराध न्यायालयकी भूतपुर्व न्यायाधीस थिइन् । घानीले कुटनीतिज्ञ र महिला अधिकारकर्मीहरूको भेला गरी अनिसालाई न्यायाधीसमा नियुक्त भएको घाेषणा गरेका थिए । मनोनयन हुन त्यहाँको संसदले स्वीकृति दिनुपर्ने हुन्छ । महिलालाई न्यायाधीसमा नियुक्त गरे लगत्तै आलोचना सुरु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
धार्मिक पुरोहितहरूले महिलालाई सर्वाेच्च अदालतमा न्यायाधीस मनोनीत गरेको भन्दै राजधानी काबूलमा विरोध प्रर्दशन गरेका थिए ।
महिलालाई प्रोत्साहन गर्ने सरकारी नीति अनुरुप राष्ट्रपति घानीले अफगानिस्तानका दुई वटा राज्य घोर र दैकुन्डिमा महिला गर्भनर नियूक्त गरिसकेका छन् । घानीले भनेका छन् ‘हरेक मन्त्रालयमा महिला प्रतिनिधि नियुक्त गर्नुपर्दछ ।’
प्रकाशित मितिः २०७२ असार २१ गते सोमवार
Comment Here!