दोहोरो मारमा दलित महिला


प्रकाशित मिति :2015-07-07 10:23:34

महिला खबर

कास्की, असार २२। सवै महिलाका साझा समस्या र महिलामाथिको हिंसाको प्रारुप एउटै भएपनि जातीय तथा लैंगिक विभेदको दोहोरो मार दलित महिलामाथि झन धेरै भएको एक कार्यक्रममा सहभागी महिलाले बताएका छन्।

कास्कीको ल्वाङ्गघलेल गाविसमा आयोजित क्षमता अभिवृद्धि एवं जातिय छुवाछुतविरुद्ध आयोजित कार्यक्रममा उपस्थित दलित महिलाले आफूहरूमाथि दोहोरो तेहोरो मार परिरहेको बताएका हुन्।

दलित उत्थान समन्वय समितिकी सदस्य फुलमाया वि.कले घरायसी कामको बोझ, सामाजिक एवं राजनैतिक सचेतनाको अभाव, परनिर्भता, अशिक्षा, गरिवी र छुवाछुतका कारण दलित महिलाले चरम विभेद र हिंसा खेप्नु परेको बताउनुभयो। देशमा राजनीतिक परिवर्तन भएपनि दलित महिलाको मुद्दालाई सम्बोधन गर्न नसकेको उहाँको भनाई थियो।

वाराही निमावि ल्वाङघलेलकी शिक्षिका जुठी परियारले दलित अधिकारका नाममा सञ्चालित कार्यक्रम शहर केन्द्रित हुँदा ग्रामीण भेगका दलित महिला अधिकारप्रति सचेत हुन नसकेको बताउनुभयो। दोहोरो विभेदको शिकार भएका दलित महिलामाथि घरेलु, सामाजिक एवं सांस्कृतिक हिंसा अत्यधिक छ तर, झण्झटिलो न्याय प्रणाली र पहुँचको अभावले हिंसा सहन बाध्य भएको बताउनुभयो।

कार्यक्रमा सहभागी माया वि.क ले छोइछिटो चलन केही हटेपनि ग्रामीण भेगमा मेलापात, सामाजिक तथा धार्मिक कार्यहरूमा छुवाछुत अत्यधिक रहेको र सामाजिक सहिष्णुताका कारण प्रतिकार गर्न नसकि सहन बाध्य भएको बताउनुभयो।
दलित उत्थान समन्वय समितिका पूर्व उपाध्यक्ष लाल बहादुर परियारले राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिलाको सवाल उठेपनि दलित महिलाको सहभागिता सुनिश्चित हुन नसकेको भन्दै दलित महिलाका मुद्दामा राज्य र सरोकारवाला निकाय गम्भीर नभएको आरोप लगाउनुभयो।

उहाँले विभेदको दोहोरो शोषणमा रहेका दलित महिला वर्षौ देखि शोषित र पीडित जीवन जिउन बाध्य भएको भन्दै दिगो शान्तिकोलागि राजनीतिमा दलित महिलाको सहभागिता तथा सरकारी निकायका विभिन्न तहमा दलित महिलाको पहुँचमा जोड दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै पदम बहादुर वि.क ले २१ औं शताब्दिमा समेत दलित समुदायमाथि विभिन्न दमन भइरहेको भन्दै संविधानको प्रस्तावित मस्यौदामा समग्र दलित समुदायका सवालमाथि छलफल आवश्यक रहेको बताउनुभयो।

प्रकाशित मितिः २०७२ असार २२ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: