महिला उद्यमी जिल्ला समिति गठन


प्रकाशित मिति :2015-07-07 13:00:18

लमजुङ, असार २२ । लमजुङ उद्योग बाणिज्य संघले आयोजना गरेको महिला उद्यमी विकास समितिको भेलाले महिला उद्यमी विकास जिल्ला समिति गठन गरेको छ ।

भेलाले इन्दु न्यौपानको अध्यक्षतामा सात सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कल्पना बोहोरा, सचिवमा अनिता घिमिरे र कोषाध्यक्ष शारदा खनियाँ चिलुवाल चयन भएका छन् । यसैगरी सदस्यहरूमा सूर्य कुमारी श्रेष्ठ, मनमाया क्षेत्री, शान्ति केसी छन् ।

कमला गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले लमजुङका महिलाको आर्थिक अवस्थालाई उकास्न विभिन्न सिप मुलक तालिम संचालन गर्ने निर्णय समेत गरेको छ ।

उद्घाटन सत्रका प्रमुख अतिथि रामकुमार श्रेष्ठले पछिल्लो समय महिला विभिन्न पेशा व्यवसाय सँग उद्यमशिलतामा क्रियाशिल हुन थालेपछि आर्थिक सशक्तिकरण बढ्दै गएको बताउनु भयो ।

नव निर्वाचित अध्यक्ष इन्दु न्यौपानेले उद्यमशीलतामा महिलालाई प्रोत्साहन गर्ने वातावरण अझै बन्न नसकेको भन्दै उद्यमी महिलाको हक हितका पक्षमा आफुले आवाज उठाइरहने बताउनु भयो ।

प्रकाशित मिति २०७२ असार २२ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: