महिलाको हत्यामा संलग्नविरुद्ध मुद्दा


प्रकाशित मिति :2015-07-07 14:51:48

विष्णु पौडेल

दमक, असार २२ ।  आठ दिन अघि सुतेकै ठाउँमा मृत फेला परेकी झापाको गौरीगञ्जकी २७ वर्षीया सहवती ताजपुरीयाको हत्या गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

कर्तव्य ज्यान सम्बन्धि मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थपको आदेश लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जले थप अनुसन्धान अघि बढाएको हो।

गएको असार १३ गते राती घरमै सुतेकी २७ बर्षीया सहवती ताजपुरीयाको शव बिहान खाटमा फेला परेको थियो। उनको पोष्टमार्टम रिपोर्टपछि स्थानीय विनोद ताजपुरीया, पचा भनिने भद्रमोहन ताजपुरीया र भुवा भनिने पुरणलाल राजवशींलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका इञ्चार्ज तथा प्रहरी निरिक्षक मदन गिरीले जानकारी दिनुभयो।

पक्राउ परेका मध्ये विनोद र भद्रमोहनले अपराध स्वीकार गरिसकेको समेत प्रहरीको भनाई छ। पुरणलाल पनि अनुसन्धानबाट घट्नाको दोषी भएको खुलेको गिरीले बताउनुभयो। घट्ना लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

मृतक सहवतीका श्रीमान रोजगारीका लागि एक वर्षदेखी मलेसियामा रहेका र मृतकका देवर बद्री ताजपुरीया समेत असार १२ गते मलेसिया जान भनि काठमाडौं गएकै भोलीपल्ट राती सहवतीको हत्या भएको थियो। उनको हत्याको कारण भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रकाशित मितिः २०७२ असार २२ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: