संविधानको मस्यौदा लैंगिकअनुकूल नभएको गुनासो


प्रकाशित मिति :2015-07-07 15:03:44

महिला खबर

नेपालगन्ज, असार २२। नयाँ संविधानको मस्यौदाले महिलामाथिको विभेद र हिंसा अन्त्य नहुने गुनासो अधिकारकर्मीले गरेका छन्। सम्वाद समूह बाँकेले नेपालगन्जमा गरेको महिला समूहको वैठकमा सो कुरा उठेको हो। नयाँ संविधानमा लैंगिक समानता विषयमा केन्द्रित अन्तरक्रियात्मक वैठकमा सहभागी नागरिक समाजका अगुवा, अधिकारकर्मीले संविधान सभामा प्रस्तुत प्रारम्भिक मस्यौदा महिलामैत्री नहुनुका साथै अधुरो र अपुरो भएको दावी गरेका छन्।

बाँकेस्थित राजीतिक दल, अधिकारवादी संघ–संस्था, सामाजिक संघसस्थाका प्रतिनिधि सहभागी रहेको कार्यक्रमका अधिकांश वक्ताले मस्यौदाले लैंगिक समानता र अधिकार सुनिश्चित नगरेको बताएका हुन्।

द्वन्द्व पीडित एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष एकमाया विकले हरेक क्षेत्रमा महिला सहभागिताको सुनिश्चिता मस्यौदामा स्पष्ट नगररिएको बताउनुभयो। नेपाल मानवअधिकार संगठन बाँकेका सभापति, प्राध्यापक एवं अधिवक्ता गणेश रेग्मीले मस्यौदामा उल्लेखित शासकिय स्वरुप, नागरिकतालगायतका विषयमा महिलामाथि विभेद गरिएको स्पष्ट पार्नुभयो।

नेकपा माओवादी प्रतिनिधि फडा शर्मा, नेपाल वार एशोसियनका पूर्व केन्द्रीय उपाध्यक्ष प्रल्हाद बहादुर कार्कीले मस्यौदामा समावेश विषयको स्पष्ट व्याख्याको खाँचो रहेको भन्दै नागरिकतालगायतका विषयमा दीर्घकालिन प्रभावलाई मध्यनजर गर्नुपर्ने सुझाव दिनुभएको थियो।

प्रकाशित मितिः २०७२ असार २२ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: