भारत, उत्तरप्रदेशः असार २२ ।
भारतको उत्तर प्रदेशमा प्रहरीबाट थाना भित्रै जलाइएकी एक महिलाको मृत्यु भएको छ । ती महिलाले घुस दिन अस्वीकार गरेपछि दुईजना प्रहरीले उनलाई आगो लगाएको बीबीसीले जनाएको छ । प्रहरीद्वारा जलाईएकी नितु दवाडीलाई ८० प्रतिशत जलेको अवस्थामा लखनउ अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मंगलवार विहान उनको मृत्यु भएको थियो । ४० बर्षीया नितु दवाडीले प्रहरीले एक लाख रुपैया घुस मागेको कुरा मृत्यु हुनुअघि कानुन अधिकारी समक्ष बयान दिएकी थिइन्। घुस दिन नमानेपछि ती प्रहरीले आफूलाई दुव्र्यवहार र अपमान गरेको बताएकी थिइन् ।
आफ्ना श्रीमानलाई थुनामुक्त गर्न नितु पुलिस थाना गएकी थिइन् । आरोपित प्रहरीले भने उनले आफैले आफैलाई आगो लगाएको दाबी गरेका छन् ।
आरोपित प्रहरीलाई निलम्बन गरिएको छ भने उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादवले घटनाको पुर्ण छानविन गर्न आदेश दिएको समाचारमा जनाइएको छ ।
पत्रकार समेत रहेका मृतकका छोरा जगेन्द्र सिंहले अपराधीले सजायँ पाएपछि मात्र आफूले न्याय आफ्नी आमाको आत्माले शान्ति पाउने बताएका छन् ।
प्रकाशित मिति :२०७२ असार २२ गते मङ्गलबार
तस्बिरः एजेन्सीबाट
Comment Here!