ब्यथा नलाग्दै बर्थिङ सेन्टर


प्रकाशित मिति :2015-07-08 09:52:54

भेषराज बस्नेत

नेपालगन्ज, असार २३ । ‘भगवानले जुनबेला दिनुहुन्छ त्यहीबेला भईहाल्छ । बुहारीलाई कहीँ लैजानु पर्दैन ।’ सुत्केरी ब्याथा लागेर छट्पटाई रहेकी बुहारीलाई ससुराले स्वास्थ्य चौकी लैजान नदिएको घटना सुन्दा सबै तर्सिए ।

बाँके वैजापुर गाविस–७ की सूर्य कुमारी रावतले घटना सुनाउँदै थिईन्– ‘घरमा बच्चा जन्माउँदा खतरा हुन सक्छ, स्वास्थ्य चौकी लैजानुपर्छ भन्दा हामी माथिनै जान्ने ठहरिएको आरोप लाग्यो । केही गरी नसकिएपछि स्वास्थ्य चौकीमा सम्पर्क गरेर सबै एकजुट भएर बल्लबल्ल पुर्‍याइयाे ।’ झट्ट सुन्दा अचम्म लाग्ने भएपनि यो वैजापुरको वास्तविक घटना हो । श्रीमान वैदेशिक रोजगारमा गएको बेला वैजापुरकी एक महिलाकाे घटना हो यो । तर अव भने पहिला सुत्केरी हुन नसक्दा समेत स्वास्थ्य संस्था लैजान नमान्ने वैजापुरका अभिभावक अहिले व्यथा लाग्न नपाउँदै बर्थिङ सेन्टर पुर्‍याउन थालेका छन् ।

जनचेतना, स्वास्थ्य अधिकार र निःशुल्क स्वास्थ्य सेवामा पहुँचको अभावका कारण स्वास्थ्य अवस्था नाजुक रहेको बेला सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँकेले अक्सफामसंँगको साझेदारीमा सञ्चालन गरेको ‘मेरो अधिकार मेरो आवाज कार्यक्रम’ बाट बाँकेका तीन गाविसमा परिवर्तन आएको छ ।

Birthin center Mahila

वैजापुरकी सूर्यकुमारी उक्त कार्यक्रम अन्तर्गत गठित वडास्तरीय युवा स्वास्थ्य समितिकी सामुदायिक सहजकर्ता हुन् । उनी जस्तै सामुदायिक सहजकर्ताहरूले परियोजनाको कार्यक्षेत्र भएका वैजापुर,कचनापुर र महादेवपुरीमा स्वास्थ्य अधिकार र निःशुल्क स्वास्थ्य सेवामा पहुँचको लागि जनचेतना जगाउने काम गर्दै आएका छन् ।

घरमै बच्चा जन्माउने प्रचलनलाई निरुत्साहित गर्न ठूलै संघर्ष गर्नु परेको उनीहरूको अनुभव छ । ‘सुरुका दिनमा काम गर्न कठिनाई भयो, हामी घरमै जन्मियौं हामीले घरमै जन्मायौं अस्पताल जान पर्दैन भन्दै भड्काउने काम भयो ।’–कचनापुर गाविसकी सामाजिक परिचालक पार्वती खत्रीले भन्नुभयो– ‘स्वास्थ्य अधिकारवारे जानकारी गराएर स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चाको सुरक्षा र पैसा समेत पाईने बताएपछि विस्तारै सहजता आएको हो ।’

अहिले भने सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य केन्द्रमा जाने गरेको खत्रीले बताउनुभयो । कार्यक्रमको प्रभावकारिता वारे अनुगमनमा गएको जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिसँग महादेवपुरी गाविसकी सामाजिक परिचालक लक्ष्मी बिष्टले भन्नुभयो– ‘अहिले महिला स्वास्थ्य अधिकारवारे सजक भएका छन् ।

वैठकको लागि एकजना महिलालाई खवर गर्यो भने पनि वडाका सबै महिला भेला भईहाल्छन् ।’
कार्यक्रमले दुर्गम गाविसको रुपमा परिचित बैजापुर गाविसमा समेत सकारात्मक परिवर्तन ल्याएको छ । सुरुमा खुलेर बोल्न नसक्ने महिला अहिले प्रष्टसँग स्वास्थ्य अधिकार र समुदायको आवश्यकताका सवालमा समेत प्रश्न गर्ने भएको सामाजिक परिचालक सीता चौधरीले बताउनुभयो ।

परियोजना अन्तर्गत बालबालिका, युवा र युवा आमा मार्फत निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन समुदायस्तरमा विभिन्न गतिविधि भएको परियोजना संयोजक सोमराज जिसीले बताउनुभयो । उहाँका अनुसार, परियोजना सञ्चालनपछि महिला सामुदायिक विकासमा समेत जुटेका छन् ।

परियोजना मार्फत निःशुल्क स्वास्थ्यवारे जानकारी दिदै सेवाको लागि स्वास्थ्य संस्थामा पहुँच बढाउन र अधिकारको वकालत भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रशासक नागेन्द्रप्रसाद चौधरीले कार्यक्रमले ‘होम डेलेभरी’को प्रचलनलाई निरत्साहित पारेको बताउनुभयो ।

प्रकाशित मिति २०७२ असार २३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: