अभिभावक बन्न बाबु चाहिँदैन : भारतीय सर्वोच्च अदालत
आमाले जानकारी नदिई बाबु बन्न लागेकाे पुरुषलाई थाहै हुँदैन
नयाँ दिल्ली, असार २३ । भारतीय सर्वाेच्च अदालतले अविवाहित महिला अभिभावक बन्न बच्चाको बुवाको नाम खुलाउन नपर्ने ऐतिहासिक निर्णय गरेको छ । भारतीय सर्वोच्च अदालतले आमाले बच्चाको कानुनी रुपमा अभिभावक बन्न बाबुको अनुमति चाहिने आफ्नै निर्णयलाई उल्ट्याउदै यस्तो फैसला गरेको बीबीसीले जनाएको छ ।
अदालतको यो फैसलाको अधिकारकर्मीहरूले ‘प्रगतीशील’ भन्दै स्वागत गरेका छन् ।
यसअघि राजधानी दिल्लीकी एक महिलाले आफ्नो बच्चाको वैधानिक आमा बन्न पाउँ भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । यो मुद्दामा ‘ट्रायल कोटर्’ र दिल्ली उच्च अदालतले उनले बच्चाको बुवाको नाम खुलाउनै पर्ने र उनको स्वीकृति पनि लिनैपर्ने निर्णय सुनाएको थियो । अदालतको यो निर्णयमा उनले भनेकी छन् — ‘जुन बाबुलाइ मैले जानकारी नदिई बच्चाको अस्तित्व नै थाहा हुँदैन उसको स्वीकृती किन लिनुपर्ने ?’
तर, सोमवार भारतीय सर्वोच्च अलादतका न्यायधीसद्वय विक्रमजीत सेन र अभय मनोहर साप्रेको इजलासले ‘बुवाको नाम चाहिन्छ भनेर जोड दिनु आवश्यक छैन, किनकी अविवाहित आमाको हकमा उनको नामनै पर्याप्त हुनेछ’ भनेको छ । यो फैसलापछि न्यायधीसद्वयले कानुनव्यवसायी र अधिकारकर्मीहरूबाट व्यापक प्रशंसा पाएका छन् ।
प्रकाशित मितिः २०७२ असार २३ गते बुधवार
Comment Here!