महिला हिरासत कक्ष सुरु


प्रकाशित मिति :2015-07-08 14:40:23

महिला खबर

women costudy

कास्की,असार २३। वडा प्रहरी कार्यालय रामबजारमा महिला हिरासत कक्ष बनाईएको छ। महिला हिरासत कक्षको आजै कास्कीका प्रहरी प्रमुख एस.पी हरि पालले उद्घाटन गर्नुभयो। उदघाटन कार्यक्रममा बोल्दै एस.पी पालले सवै क्षेत्रमा महिलाअनुकूल वातावरणको आवश्यकता भइरहेको बेला वडा प्रहरी कार्यालयमा निर्मित यस कक्षले सकारात्मक शुरुवात गरेको प्रतिक्रिया दिनुभयो।

महिलाको अपराधमा संग्लनता नगन्य मात्रामा भएपनि कहिलेकाहिँ विभिन्न घटनामा संलग्न रहेको देखेपछि नियम अनुसार अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने उहाँको भनाइ थियो। महिला कतिपय अवस्थामा परिबन्धमा परेर अपराधमा पर्ने गरेको पालले बताउनुभयो।

छुट्टै हिरासतको अभावले अनुसन्धानमा समस्या आउने गरेको र नागरिकस्तरबाट पनि माग भएपछि महिला हिरासत कक्ष बनाएको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक केशव बहादुर बस्नेतले स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो— ‘छुट्टै हिरासत कक्षको अभावले महिला स्वयं र हामीलाई पनि धेरै असजिलो हुने गरेको थियो। अबदेखि त्यो समस्या अव केही मात्रामा हल भयो।’

महिलाअनुकूल वातावरणको अभाव हुँदा पक्राउ परेका महिलालाई बगर र जिल्ला प्रहरी कार्यालयमा पुर्‍याउनुपर्ने बाध्यताले थप समस्या हुने गरेको उहाँको भनाई थियो ।

नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङले महिला हिरासतको अभावमा महिलाले थप सास्ती बेहोर्नु परेको भन्दै आफूहरूको पहलबाट महिला हिरासत कक्ष निर्माण गर्न सफल भएको बताउनुभयो। २०४८ सालमा स्थापना गरिएको वडा प्रहरी कार्यालय रामबजारमा ५ जना महिला प्रहरी छन् भने महिला तथा बालबालिका सेवा केन्द्रको पनि स्थापना गरिएको प्रहरी उपरीक्षक केशब बहादुर बस्नेतले जानकारी दिनु भयो।

प्रकाशित मितिः २०७२ असार २३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: