कारागारमा रहेका नानीबाबुको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ : संयोजक राई


प्रकाशित मिति :2015-07-08 15:59:27

महिला खबर 

काठमाडौं २३ असार । कारागारमा कैदी आमाबाबुसँग रहेका बालबालिकाको अवस्था अत्यन्तै दयनिय र नारकीय रहेको कारागारको अवस्था तथा कैदीबन्दीको मानव अधिकारको सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलका संयोजक पाँचकर्ण राईले बताउनुभएको छ ।
कारगार अनुगमनमा बुबाआमासँग बन्दीगृहमा रहेका नानीबाबुहरूको मानब अधिकार हनन् भएको उहाँले बताउँनुभयो । संयोजक राईले महिला खबरसँग कुरागर्दै भन्नुभयो –’कारागारमा रहेका नानीबाबुहरूको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ । बाबुआमाले गरेको गल्तीको भागीदार बच्चा होइनन् ।’
सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित कार्यदले देशका बिभिन्न २० वटा कारागारको स्थलगत अध्ययन गरी आज सामाजिक न्याय तथा मानव अधिकार समितिसमक्ष प्रतिवेदन बुझाएको छ ।

IMG_3876
प्रतिवेदनमा २० वटा कारागारको क्षमता पाँच हजार ६ सय १५ रहेकोमा १० हजार ६ सय १२ कैदीबन्दी राखिएको तथ्याङ्क प्रस्तुत गरिएको छ ।
कार्यदलले कैदीबन्दीको मानव अधिकारको उपभोगको अवस्था, सामाजिक, आर्थिक स्थिति, उनीहरुप्रति गरिने व्यवहार र भोग्दै आएका समस्यालाई केन्द्रित गरेर प्रतिवेदन तयार गरेको राईले बताउनुभयो ।

संयोजक राईले प्रहरी अनुसन्धान, शौचालय, भान्साघरको सरसफाइ, सुत्ने ठाउँ,न्याय सम्पादन प्रणाली, कारागारभित्र सरसफाइ, खानेपानी,  रोगीको व्यवस्थापन, उपचारको व्यवस्था, मनोरञ्जन सुविधा, कानुनी सहायता, सिदा सुविधा  र बन्दीको समस्याप्रति कारागार प्रशासनको दृष्टिकोणलगायतको विषयमा अध्ययन गरेर तयार पारिएको प्रतिवेदन बुझाएको बताउनुभयो  ।

प्रकाशित मिति २०७२ असार २३ गते बुधवार

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: