२३ दिनकी सुत्केरीको हत्या


प्रकाशित मिति :2015-07-09 09:37:21

महिला खबर

नेपालगन्ज, असार २४ । श्रीमानले चिरपट दाउराले हान्दा रुकुममा सुत्केरी श्रीमतीको ज्यान गएको छ ।

विजेश्वरी गाविस ९ का २६ वर्षिय छबिराज बुढाले २३ दिनकी सुत्केरी १९ वर्षिय श्रीमती कमला बुढाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुुमका प्रहरी निरीक्षक पुरन क्षेत्रीले जानकारी दिनुभएको छ ।

गत २१ गते रोपाई सकेर घर फर्केका छबिराज बुढाले रक्सी खाएर श्रीमतीलाई अरुको सम्बन्धबाट बच्चा जन्माएको आरोप लगाउदा दुबैबीच झगडा भएको स्थानियले जानकारी दिएको क्षेत्रीले बताउनुभयो ।

झगडाको बेला श्रीमानले चिरपट दाउराले हान्दा घाइते बनेकी कमला बुढाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमानै ज्यान गएको थियो ।
हत्या पछि फरार रहेका छबिराज बुढाको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति २०७२ असार २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: