अफगानिस्तानमा महिला न्यायाधीस अस्वीकृत


प्रकाशित मिति :2015-07-09 13:59:18

काबूल, असार २४ । अफगानी संसदले राष्ट्रपतिद्वारा मनोनित महिला न्यायधिसलाई अस्वीकार गरेको छ । राष्ट्रपति असरफ घानीले सर्वोच्च अदालतका लागि न्यायाधीसमा मनोनित गरेर पठाएको अनिसा रासोलीलाई संसदले अस्वीकार गरेको हो ।

महिला अधिकार सुरक्षित गर्न र महिलालाई प्रोत्साहन गर्ने सरकारी नीति अनुरुप घानीले अनिसा रासोलीलाई सर्वोच्च अदालतको न्यायाधिसमा पहिलो पटक मनोनित गरेका थिए ।

घानीले गरेको उक्त प्रयासलाई महिला अधिकारबादीहरूले ठूलो उपलब्धि भनेका थिए । तर,सांसदहरूले राजनैतिक संकट सिर्जना भएका बेला सरकार खतरामा पर्न सक्ने कारण देखाउँदै गत बुधवार रासोलीलाई अस्वीकार गरेका हुन् ।
संसदको बैठकपछि उपसभामुख हाजी जाहिर कादिरले राष्ट्रपति असरफ घानीलाई उक्त पदका लागि अर्को व्यक्ती मनोनित गर्न भनेका छन् ।

तालीवानीहरूले सरीया कानुन अनुसार महिलाले पढ्न, घरदेखि बाहिर काम गर्न, राजनीति र सार्वजनिक ठाँउमा बोल्न तथा भाग लिन पाउँदैनन् । अफगानिस्तानमा तालीवान समूह सत्ताच्यूत भए लगत्तै अन्र्तराष्ट्रिय दवावमा महिलाका लागि केही विद्यालय खोलिएको थियो भने संविधानमा महिला अधिकारका विषय समावेश गरिएको थियो  ।

अफगानिस्तानले सन् २००९ मा महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने महासन्धि (सिड) मा हस्ताक्षर गरेको थियो । यहाँ तालिवान र अन्य रुढिवादी समुदायले गर्दा महिला हिंसा र विभेदहरू अन्त्य हुन नसकेको अधिकारकर्मीहरूको भनाई छ ।  एमनेस्टि इन्टरनेशनलले अफगानिस्तानलाई २०११ मा महिलाका लागि सबैभन्दा असुरक्षित देश भनेर घोषणा नै गरेको थियो ।
तस्बिर  : एजेन्सीबाट

प्रकाशित मिति २०७२ असार २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: