हामीले सकेनौ अब तपाईको जिम्माः सभासद


प्रकाशित मिति :2015-07-09 14:56:12

महिला खबर

काठमाडाैं , असार २४ । नयाँ संविधानको मस्यौदामा महिलाका मुद्दालाई वेवास्ता गरिएको भन्दै महिला अधिकार सुनिश्चित गर्न आ आफ्ना पार्टी नेतृत्वलाई दवाव दिने वचन सभासदले दिएका छन ।
छलफलका लागि गाँउ गाँउमा संविधानको मस्यौदा लिएर जान लागेका सभासदले महिलाका लागि राखिएका प्रावधान हेरफेरका लागि सुझाव दिन सभासदले नागरिकलाई आग्रह गरेका छन् ।

एफ डब्लु एल डी र आयोनले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस, नेकपा एमाले,एनेकपा माओवादी र केही मधेसवादी दलका सभासदले नागरिकसँग यस्तो आग्रह गरेका हुन् ।

FWLD

अन्तरिम संविधानले व्यवस्था गरेका प्रावधानहरू समेत हेरफेर गरेर संविधानको मस्यौदा महिलाका सवालमा झन प्रतिगामी भएको भन्दै कार्यक्रमका सहभागीले नयाँ संविधानको मस्यौदाको आलोचना गरेका थिए । त्यस्तै नागरिकतामा आमा वा वुवा राखिनुपर्ने, महिला र पुरुषलाई समान श्रमको समान ज्याला दिईनु पर्ने व्यवस्था हुनुपर्ने, प्रजनन् अधिकारको हक, अंशिय हक हटाईएको भन्दै यी विषय समावेस गर्न गम्भिर हुनुपर्ने सुझाव कार्यक्रमका सहभागीले सभासदहरूलाई सुझाव दिएका छन ।
छलफलका क्रममा सभासदहरूले संविधानको मस्यौदा मात्र आएकाले मस्यौदामा छलफलमा उठेका सवाललाई संविधानमा समावेश गर्न पार्टी नेतृत्वलाई दबाब दिन तयार रहेको जनाएका छन् ।

प्रकाशित मितिः २०७२ असार २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: