बालिकाको उद्धार


प्रकाशित मिति :2015-07-09 15:40:36

महिला खवर
कास्की, असार २४। प्रहरीले पोखराको श्रेष्ठ खाजा घरबाट श्रम शोषणमा परेकी बालिकाकोे उद्धार गरेको छ।
होटल संचालक रामबहादुर श्रेष्ठले पढाइ दिने भन्दै पर्वत जिल्लाबाट पोखरा ल्याइएकी बालिकामाथि चरम शोषण भैरहेको सुचनाका आधारमा उद्धार गरिएको थियो।

बाल सञ्जालको सूचनाको आधारमा पोखरा उपनगरपालिका ८ सृजनाचोकस्थित श्रेष्ठ खाजा घरमा राखिएकी १५ वर्षीया बालिकालाई जिल्ला बालकल्याण समिति र शक्ति समूहको पहलमा प्रहरीले उद्धार गरेको शक्ति समूह पोखराका अध्यक्ष अनिसा लामाले बताउनुभयो।

घटनाको अनुसन्धानका लागि पीडितका तर्फबाट शक्ति समूहले प्रहरीको महिला बालबालिका सेवा केन्›मा उजुरी दिएको छ। उद्धार गरिएकी बालिकालाई शक्ति समूह पोखराले आफ्नो संरक्षणमा राखेको छ।

आरोपित होटल संचालक रामबहादुर श्रेष्ठ र पीडित पक्ष बीच इन्सेक पश्चिमाञ्चलमा घटनाको विषयमा लिएर छलफल भएको थियो। स्थानिय बाराही मावि कक्षा ६ मा अध्ययरत बालिका ७ वर्षदेखि श्रेष्ठको घरमा कामदारको रुपमा रहँदै आएकी थिइन्।

ती बालिका स्कुल नियमित नआउने, पढाई प्रति ध्यान नदिने, स्कुलमा झोक्राउने , टोलाउने गर्न थालेको भन्ने बिद्यालयबाट थाहा पाएपछि बाल संजालका प्रतिनिधिले उनीमाथि निगरानी राखेर उद्धारका लागि पहल गरेका थिए।

बालिकामाथि भएको घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका महिला बालबालिका सेवा केन्द्रका प्रमुख चन्द्र गुरुङले दिनुभयो।

प्रकाशित मिति २०७२ असार २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: