नुनुता राई
धरान, असार २५ । दृष्टिविहिन विनिता मौलीलाई पहिलो पटक महिनावारी हुँदा एकदमै समस्या भयो । मौली पहिलो पटक महिनावारी हुँदा १२ वर्षकी थिइन् । ममीले महिनावारी भएको भनेपछि आफूलाई निकै डर लागेको उनले सुनाइन् । महिनावारीका बारेमा केही थाहा थिएन ।
‘ममीले नै कपडा प्रयोग गर्न सिकाउनुभयो शुरु शुरुमा निक्कै गाह्रो भयो’ मौलीले भनिन् — पछि बानी प¥यो स्कुल आएपछि मिस र नर्स दिदीहरूले कपडा प्रयोग गर्न सिकाउनु भयो र आजभोली निकै सजिलो भएको छ ।’
दृष्टिविहिन महिलालाई महिनावारीका बेला निकै समस्या हुने उनीहरू बताउ“छन् । शिक्षिका डोल्मा योञ्जन महिनावारी भएको समयमा दृष्टिविहिन महिलाले थुप्रै समस्या भोग्नु परेका अनुभव सुनाउँछिन् ।
पुर्वान्चल ज्ञानचक्षु विद्यालयकी दृष्टिविहिन शिक्षिका ४१ वर्षीया योन्जन भन्छिन् ‘महिनावारी भएकोे समयमा लामो यात्रा गर्न एकदमै गाह्रो हुने, जहिल्यै अरुको सहयोग लिन सम्भव हुदैन ।’ सामान्य महिलाका लागि पनि यस्तो समयमा गाह्रो हुन्छ । दृष्टिविहिन महिलाको लागि त झनै कति कठिन हुन्छ सहजै अनुमान लगाउन सकिन्छ ।’
शान्ता लिम्बु अहिले २१ वर्षकी भइन् । उनी पहिलो पटक महिनावारी हुँदा १२ वर्षकी थिइन् तर महिनावारी बारे आफ्नी दिदीले उनलाई सचेत गराएकी थिइन् जसले गर्दा उनलाई त्यति गाह्रो भएन । शान्ता भन्छिन् ‘हामी दृष्टिविहिनहरूलाई यस्तो बेला घरपरिवारको साथ एकदमै जरुरी छ ।’
महिनावारीको बारेमा ज्ञान नहुँदापनि दृष्टिविहिन किशोरीहरूलाई समस्या हुने गरेको छ । १४ वर्षीया भावना घिमिरेले आफ्नो शुरुको अनुभव सुनाउँदै भनिन् ‘महिनावारी भएको थाहा नपाउँदा लुगामा रगत लागेको थाहै भएन । अनि अरुले जिस्क्याए ।’ यो प्राय धेरै दृष्टिविहिन महिलाको समस्या भएको उनीहरूको भनाई छ ।
पुर्वान्चल ज्ञानचक्षु विद्यालयले छात्रालाई महिनावारीका बारेमा परामर्श र अभिमुखिकरण पनि दिँदै आएको छ ।
छात्रालाई समय समयमा वी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्सहरूको सहकार्यमा महिनावारी भएको बेला के हुन्छ ? कसरी प्याडको प्रयोग गर्ने ? कसरी सफा बस्ने भनेर काउन्सिलिङ गर्ने भएकोले धेरै सजिलो भएको ज्ञानचक्षु विद्यालयल प्रधानाध्यापिका केशरी थापाले बताइन् । यो विद्यालयमा सवै दृष्टिविहिन पढ्ने गर्छन् ।
वी पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री विभाग प्रमुख डा. मोहन चन्द्र रेग्मीले दृष्टिविहिन महिलालाई आमा, दिदीले महिनावारीको समयमा एकदमै ख्याल गरेमा र कसरी प्याड, कपडाको प्रयोग गरिरहेका छन् भनि समय समयमा सल्लाह दिए उनीहरूको महिनावारीको समय सहज हुन सक्ने बताउँछन् ।
उनी भन्छन् ‘महिनावारीको समयमा तनावमुक्त रहनुपर्छ । महिनावारी हुनुअघि पेट फुले जस्तो हुने, चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने दिक्क लाग्ने, थकाई लाग्ने, अल्छि लाग्ने, खाना खाने रुचिमा परिवर्तन हुने जस्ता लक्षणहरु हुने गर्छ यस्तो स्थितिलाई ‘प्रिमेन्स्ट्रअल टेन्सन सिन्ड्रम’ भनिन्छ ।’
प्रकाशित मितिः २०७२ असार २५ गते शुक्रवार
Comment Here!