सुदूरपश्चिममा घरेलु हिंसाको मुख्य कारक रक्सी


प्रकाशित मिति :2015-07-10 13:34:01

निर्मला ठकुराठी

महेन्द्रनगर, असार २५ । सुदूरपश्चिममा महिलामाथि हुने हिंसा तथा घरेलु हिंसाको प्रमुख कारक रक्सी भएको यस क्षेत्रमा कार्यरत महिला अधिकारकर्मीले बताएका छन् । रक्सी न्यूनिकरण तथा व्यवस्थापनका लागि महेन्द्रनगरमा भेला भएका सुदूरपश्चिमका नौ वटै जिल्लाका महिलाले सो कुरा बताएका हुन् ।

पुरुषले बिहानैदेखि रक्सी खाने  गरेकाले घरमा सधै झैझगडा हुने गरेको मदिरा न्यूनिकरण तथा व्यवस्थापन अभियानमा संलग्न बझाङकी ममता शाहले बताइन् । उनी भन्छिन्– ‘पुरुषले बिहान पाँचै बजे चिया खाने बेला रक्सी खान्छन् ।’

madira_2

ममताले रक्सीका कारण महिलाले भोग्नु परेको बझाङको समस्या सुनाउँदै भनिन् ‘घरमा खानेकुरा हुँदैन । बालबच्चा भोकै सुत्छन् । तर, रातको १०/११ बजे रक्सीले मात्तिएर घरमा आउँने श्रीमानले खाना खै भन्दै श्रीमतीलाई कुट्न थाल्छन् । यहाँ घरको गुजारा महिलालेनै चलाएका हुन्छन् ।’

मदिरा न्यूनिकरण र व्यवस्थापन अभियानमा लागेकी अछामकी सुशिला बोगटीले केही वर्षयता अभियान प्रभावकारी भएको बताइन् । जिल्ला विकास समितिले रक्सी बेच्न प्रतिबन्ध लगाउँदा शान्तिको अनुभूति भएकोे थियो । अहिले खुल्ला हुँदा महिलालाई ठूलो असर परेको छ ।’

केही वर्ष मदिरा प्रतिबन्ध गरिएको अछाममा स्थानीय निकायको सिफारिसमा फेरी खुल्ला गरिएको छ । जसका कारण महिलाले नै बढी समस्या भोग्नु परेको बोगटी बताउँछिन् ।

madira_1

भारतसँग सीमा जोडिएको दार्चुलामा रक्सी बेच्न प्रतिबन्ध लगाए पनि पुरुषले भारतबाट रक्सी खाएर आउने गरेको दार्चुलाकी हिरादेवी अवस्थी बताईन । सीमा पारी पुगेर पुरुषले रक्सी खान थालेपछि स्थानीय प्रशासनले खुल्ला गरिदिएको छ ।

अवस्थीले भनिन् –‘दार्चुलामा केही समुदायमा संस्कारका रुपमा रक्सी प्रयोग हुने कारणले मदिरा न्यूनिकरण तथा व्यवस्थापनमा समस्या आएको छ । जसको पीडा महिलाले भोग्नु पर्दछ ।’

दुर्गम गाउँमा मात्रै होइन, तराईका कैलाली र कञ्चनपुरमा पनि रक्सीको कारण घरेलु हिंसा तथा महिलामाथिका हिंसा  भइरहेकाे महिला अगुवाहरू बताउँछन् । यसक्षेत्रमा पढे लेखेका पुरुष पनि रक्सी खाने र राती घरमा गएपछि श्रीमतीलाई कुटपिट गर्ने गरेको उनीहरूले सुनाए ।

madira_4

धनगढीकी यशोदा सिलाधरले भनिन् –‘ रक्सी किनेर ल्याउँदा अरुले देख्लान कि भनेर ठूलाबडाहरू छोराछोरीलाई किन्न पठाउँछन् । रक्सी खाएर छोराछोरी, भाईबुहारी र आमाबुवालाई नचिने जस्तो गरी जथाभावी बोल्छन् । तर, जति राती भएपनि आफ्नो घरको बाटो नबिर्सदैनन् ।’

मदिरा न्यूनिकरण तथा व्यवस्थापन अभियान कञ्चनपुरकी अध्यक्ष भगवती थापा भन्छिन् –‘ रक्सीले कसैलाई फाइदा पुगेको छैन । घरमा बुबाले रक्सी खाएको छोराछोरीले देखिरहेका हुन्छन् । पछि गएर तिनै बालबालिका कुलतमा फस्ने गरेको धेरै उदाहरण हामीसँग छन् ।

प्रकाशित मिति २०७२ असार २५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: