चितवन, असार २५ । चितवन भण्डारा निवासी ४८ वर्षीय एकराज हुमागाईले १२ वर्षीया बालिकामाथि करणी गरेको जिल्ला अदालत चितवनले ठहर गरेको छ ।
हुमागाईले गत फागुन ७ गते साँझ बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै बालिकाको अभिभावकले जिल्ला अदालतमा मुद्दा दिएका थिए ।
बुधवार चितवन जिल्ला न्यायाधिश विनोद मोहन आर्चायको एकल इजलासले यस्तो सजायँ सुनाएको हो ।
अदालतले जबरजस्तीकरणी गरेको ठहर गर्दै एकराज हुमागाईलाई ५ वर्ष कैद सजाय तोकेको बालिकाको तर्फबाट मुद्दा लडेका वकिल फुलमाया रानाभाटले बताउनुभयो ।
प्रकाशित मितिः २०७२ असार २५ गते शुक्रवार
Comment Here!