क्यूवा आमाबाट बच्चामा सर्ने एच.आई.भी. संक्रमण रोक्न सफल


प्रकाशित मिति :2015-07-10 15:48:54

क्यूवा, असार २५ । क्यूवा महिलालाई समयमै प्रसवपूर्व यौन रोगहरूको जाचँ सुविधा उपलब्ध गराएकाले गर्भ मै आमाबाट बच्चामा सर्ने एच .आई भी. संक्रमण रोक्न सफल पहिलो राष्ट्र भएको छ ।

विश्व स्वास्थ्य संगठनले गत मंगलवार क्यूवालाई आमाबाट बच्चामा सर्ने एच आई भी. संक्रमण रोक्न सफल संसारमै पहिलो राष्ट्र घोषणा गरेको अलजजीराले जनाएको छ ।

Capture

गत मार्च महिनामा एक अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल र पान अमेरीकन स्वास्थ्य संगठनका प्रतिनिधि उक्त तथ्य प्रमाणित गर्न क्यूवा पठाइएका थिए । क्यूवाले उक्त मापदण्ड पुरा गरेको विश्व स्वास्थ्य संगठनले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

क्यूवामा सन् २०१३ मा २ जना बच्चा एच .आई भी. पोजीटिभ भएका र ५ जना अन्य रोगबाट संक्रमण भएका जन्मिएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष १४ लाख एच .आई भी. संक्रमित महिला गर्भवती हुन्छन् । उचित उपचार नपाउँदा १५ देखी ४५ प्रतिशत संक्रमित महिलाको बच्चामा पनि संक्रमण हुने संम्भावना हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यदी गर्भाअवस्था, प्रसव काल, प्रसूतिको समय र स्तनपान गराउने समयमा आमा र बच्चालाई एन्टाइर रेट्रोभाइरल नामक औषधी दिइयो भने उक्त सम्भावना १५ देखी ४५ प्रतिशतबाट १ प्रतिशतमा घट्ने पाइएको छ ।

पान अमेरीकन स्वास्थ्य संघ र विश्व स्वास्थ्य संघले क्यूवाले महिलालाई समयमै प्रसवपूर्व यौन रोगको जाचँ सुविधा उपलब्ध गराएको भन्दै प्रशंसा गरेको छ ।

पान अमेरीकन स्वास्थ्य संगठन र विश्व स्वास्थ्य संगठनले जन्मजात सर्ने एच .आई भी. र संक्रमित रोग नियन्त्रण गर्न क्यूवा र अन्य अमेरीकी राष्ट्रमा २०१० देखी काम गर्दै आएको छ ।

स्रोत: अलजजीरा

प्रकाशित मिति :२०७२ असार २५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: