२३ दिनकी सुत्केरी श्रीमती हत्या गर्ने पक्राउ


प्रकाशित मिति :2015-07-11 14:33:08

महिला खबर
नेपालगन्ज, असार २६ । २३ दिनकी सुत्केरी श्रीमतीको हत्या गर्ने रुकुमको विजयश्वरी–९ अमलाटाकुराका छविलाल बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
असार २१ गते राति घरेलु हतियार प्रयोग गरी श्रीमती कमला बुढाको हत्या गरेर फरार २४ वर्षीय बुढालाई इलाका प्रहरी कार्यालय चौरजहारीले बिहीवार पक्राउ गरेको हो ।

श्रीमतीको मृत्युपछि फरार रहेका छविलाललाई तीन दिनपछि स्थानीयवासीको सुराकीमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका निमित्त प्रहरी प्रमुख , प्रहरी निरीक्षक पुरनबहादुर क्षेत्रीले जानकारी दिनुभयो । घरेलु हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका बुढालाई शुक्रवार जिल्ला झिकाइएका प्रहरी निरीक्षक क्षेत्रीले बताउनु भयो ।

अनुहार, टाउकोलगायत शरीरका अन्य ठाउँमा गम्भीर चोट लागेकी कमलाको उपचारका निम्ति अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

गत २१ गते रोपाई सकेर घर फर्केका बुढाले मदिराको सुरमा श्रीमतीलाई अरु सँग अनैतिक सम्बन्धबाट बच्चा जन्माएको आरोप लगाउदा दुबैबीच झगडा भएको स्थानीयलाई उदृत गर्दै प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।

प्रकाशित मितिः२९७२ असार २६ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: