स्वामित्व महिलाको निर्णय पुरुषको


प्रकाशित मिति :2015-07-12 12:09:25

जमुना वर्षा शर्मा

कास्की, असार २७ । आफ्नो स्वामित्वमा रहेको जग्गा बेच्न जिल्ला मालपोत कार्यालय पुगेकी एक महिलालाई मालपोत अधिकृत दिव्यराज घिमिरेले सोधे जग्गा कतिमा बेच्नु भो ? ती महिलाले तुरुन्तै जवाफ दिइन् ‘मलाई थाहा छैन सर, श्रीमानले कतिमा दिनु भो.. ।’ घिमिरेले पुनः प्रश्न गरे आफ्नै नामको जग्गा बेच्दै हुनुहुन्छ ,हजुरलाई थाहा छैन ? उनले टाउको हल्लाइन् अँह…।’
women in malpot(2)
सेवाग्राहीसँग धेरै कुरा सोध्नु राम्रो नभएपनि दम्पतीबीच धेरै कुरा जोडिएर आउने  भएकाले कहिलेकाहिँ यस्ता प्रश्न सोध्ने गरेको घिमिरेले बताए । जनगुनासो अधिकारी समेत रहेका घिमिरेका अनुसार दैनिक मालपोत कार्यालयमा १२० भन्दा माथि लिखत पास हुन्छ । त्यसमध्ये ७० देखि ७५ प्रतिशत महिलाको नाममा जग्गापास हुन्छ । तर स्वामित्व उनीहरुमा भएपनि भोगचलनका लागि निर्णय भने महिलामा  कम भएको उनको अनुभव छ ।

घिमिरे भन्छन् ‘धेरै सेवाग्राही महिला आउँछन्, आफ्नो नामको जग्गा कति छ ? कहाँ छ ? कतिमा बेचिँदै छ ? उनीहरूलाई जानकारी हुँदैन ।’ श्रीमान वा आफन्त कसैको सहयोगमा उनीहरूले भनेको ठाउँमा सहिछाप गरेर जान्छन् ।

महिलाका नाममा जग्गा पास गर्दा राज्यले दिएको राजश्व छुटले महिलाको नाममा जग्गा पास गर्नेको संख्यामात्र बढाएको छ । तर प्रत्यक्ष लाभ भने महिलाले लिन नसकेको घिमिरेको भनाइ छ ।

श्रीमान् र एकजना आफन्तको साथमा जग्गा पास गर्न मालपोत आएकी सिमा के.सी (नाम परिवर्तन) ले आफ्नो स्वामित्वमा रहेको जग्गा बेच्न लागेको १ दिन अगाडि मात्रै थाहा पाएको बताइन् । श्रीमानले जग्गाको कारोबार गर्ने भएकाले आफूले यसबारेमा धेरै चासो नराखेको उनको प्रतिक्रिया थियो ।

‘राजश्व छुट पाइने भएकाले श्रीमानले मेरो नामबाट थुप्रै जग्गा किनबेच गर्नुभयो । तरपनि जग्गा खरिदबिक्रिका बेला भने सल्लाह लिने गर्नुहुन्न । आफ्नै मर्जीले किन्नुहुन्छ , आफ्नै मर्र्जीले बेच्नुहुन्छ ।’ उनले भनिन्—सीमा भन्छिन् ।

उनले भनिन्—‘मेरो नामको जग्गा बेचेपनि श्रीमानले पैसा चाहिँ आफ्नै बैंक खातामा राख्नुहुन्छ, श्रीमान श्रीमतीमा तेरो मेरो भन्ने कुरा हुँदैन’—श्रीमानको बचाउ गर्दै उनले भनिन्   ।

अर्का मालपोत अधिकृत केशव भट्टराइका अनुसार ‘सरकारले जुन उद्देश्यले महिलाको सम्पत्तिमाथिको अधिकारलाई स्थापित गर्ने नीतिले राजश्व छुट दियो त्यसको फाइदा महिलाले लिन नपाएको बताउँछन् । उनका अनुसार १ जना महिलाका पछाडि ३÷४ जना पुरुषपछि लागेर आउँछन् । जग्गा पास गर्ने प्रक्रिया समेत महिलाले बुझ्न पाउँदैनन् । सम्पत्तिको मालिक महिला सहिछापमा मात्रै देखिने गरेका छन् ।’

अधिवक्ता सरलाकुमारी पाण्डेका अनुसार सम्पत्तिको स्वामित्व ग्रहणसँगै आर्थिक अधिकारलाई महिलाले स्थापित गर्नुपर्ने बताउँछिन् । राजश्वको लोभले महिलाको नाममा जग्गा पास गरिदिने र श्रीमान श्रीमती भनेको एउटै हो भन्दै महिलाको नामको जग्गा बेचेर पैसाचाहिँ आफ्नो बंैक खातामा राख्ने सोचले महिलामाथि आर्थिक हिंसा भएको उनको बुझाइ छ ।

‘यो महिलामाथिको अविश्वास हो । यसको अन्त्यकालागि महिलाले आफ्नो अधिकार खोज्न आवश्यक रहेको उनी बताउँछिन् ।
भूमिमा महिला अधिकार सम्बन्धि जटिल मुद्दा हल गर्नका लागि सरकारले महिलाको नाममा जग्गा पास गर्दा लाग्ने रजिष्टे«शन शुल्कमा छुट दिइरहेको छ । महिलाको नाममा स्वामित्व प्राप्त हुनेगरी जग्गा पास गरेमा गा.वि.सको हकमा ३० प्रतिशत र नगरपालिकामा २५ प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।
प्रकाशति मितिः २०७२ असार २७ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: