महिलालाई सौन्दर्यकला सम्बन्धी अभिमुखीकरण


प्रकाशित मिति :2015-07-12 13:20:48

महिला खबर

नेपालगन्ज, असार २७ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बाँकेले यसक्षेत्रका महिलालाई सौन्दर्यकला सम्बन्धी  अभिमुखीकरण अभियान सञ्चालन गरेको छ । न्यू लुक फेशन कम्पनीसँगको सहकार्यमा बाँके बर्दियाका करिव २ सय ५० महिलालाई सौन्दर्य कलासम्बन्धी अभिमुखीकरण दिइएको संस्थाकी जिल्ला अध्यक्ष सानु ओझाले जानकारी दिनुभयो ।

‘पहिलो चरणमा महिलालाई सौन्दर्यकलाको वारेमा जानकारी दिन अभिमुखीकरण सञ्चालन गरेका छौं’, ओझाले भन्नुभयो—‘यसपछि व्यवसायमा लाग्न इच्छुक महिलालाई आधारभूत तालिम सञ्चालन गर्ने सोच बनाएका छौँ ।’

अभिमुखीकरणमा प्रयोगात्मक गर्दै ।

अभिमुखीकरणमा प्रयोगात्मक गर्दै ।

न्यू लुक कम्पनीका सौन्दर्यकला प्रशिक्षक मीना के.सी र सृजना क्षेत्रीले सौन्दर्यकला सम्बन्धी  अभिमुखीकरण दिनु भएको थियो । अभिमुखीकरणमा सौन्दर्यकला कसरी गर्ने वारे प्रयोगात्मक प्रशिक्षण दिईएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बाँकेकी अध्यक्ष ओझाले बताउनुभयो ।

अभिमुखीकरणमा बाँके बर्दियामा सौन्दर्यकला व्यवसायी, सौन्दर्यकर्मी र यसप्रति चासो राख्ने महिला सहभागी थिए ।

प्रकाशति मितिः २०७२ असार २७ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: