महिला खबर
अर्घाखाँची, असार २७। विषालु च्याउ खाँदा अर्घाखाँची धनचौरका चार जना बालिका सिकिस्त बिरामी परेका छन्।
जङ्गलबाट ल्याएको विषालु च्याउ शनिबार खाँदा धनचौर गाविसका आठ वर्षीया अस्मिता जिसी, छ वर्षीया युवा जिसी, आठ वर्षीया गीता जिसी र पाँच वर्षीया सुस्मिता जिसी सिकिस्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
प्रहरीका अनुसार जिल्ला अस्पताल सन्धिखर्कमा उनीहरूको उपचार हुन नसकेपछि बुटवलको अञ्चल अस्पतालमा पठाइएको छ।
प्रकाशित मितिः २०७२ असार २७ गते अाईतवार
Comment Here!