महिला खवर
काठमाडाैं,असार २७। पूर्व प्रधानमन्त्री तथा एकिकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बावुराम भट्टराईले महिलाअनुकूल संविधान बनाउन आफू सधैं सजग रहेको बताउनुभएको छ।
रक्षा नेपालको आयोजनामा भूकम्प पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा बोल्दै नेता भट्टराईले भन्नुभयो ‘प्रत्येक महिलाका आँखामा मैले आफ्नी छोरीको अनुहार देख्छु, त्यसकारण नेपाली महिलालाई अधिकारसम्पन्न गराउन म कहिल्यै पछि हट्ने छैन।’ उहाँले हिंसामा परेका सबैलाई न्याय दिन पहल गर्ने पनि बताउनुभयो।
महिलामाथि अहिलेसम्म हुँदै आएका विभेद अन्त्य गर्ने संविधान नआए ५१ प्रतिशत जनसंख्यामाथि न्याय हुन नसक्ने भन्दै महिलाअनुकूल संविधान बनाउन आफू प्रतिवद्ध रहेको बताउनुभयो। अन्यायमा परेका महिलाई न्याय दिन सबैभन्दा पहिला कानुनी पाटो बलियो हुनु पर्ने भएकाले अहिलेको मुख्य आवश्यकता संविधानमा महिला अधिकार प्राप्तिमा कुनै अवरोध नआउने खालको बनाउन समेत सबैले ध्यानदिनु पर्ने उहाँको सुझाव छ।
त्यस्तै कार्यक्रममा बोल्दै रक्षा नेपालका अध्यक्ष मेनुका थापाले भूकम्पबाट प्रभावित महिला थप जोखिममा नपरुन भनेर राहत वितरण कार्यक्रम गरेको बताउनुभयो। कार्यक्रममा १०० जना भूकम्प प्रभावित महिलालाई राहात वितरण गरिएको थियो।
प्रकाशित मितिः २०७२ असार २७ गते अाईतवार
Comment Here!