पत्रकार पोखरेलमाथि अाक्रमण


कार्वाहीकाे माग

प्रकाशित मिति :2015-07-12 16:34:47

महिला खवर

काठमाडौं,असार २७ । पत्रकार सीता पोखरेलमाथि भएको भौतिक आक्रमणको सञ्चारिका समूह र नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले घोर भर्त्सना गरेको छ । संघ र समूहले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै पत्रकार पोखरेलमाथि आक्रमण गर्ने दोषीलाई कानुनी कार्वाही गर्न र पीडितलाई सुरक्षाको प्रत्याभूती गराउन माग गरेको छ ।

असार २३ गते भक्तपुर टिकाथली गाविसमा समाचार संकलन गरी घर फर्किने क्रममा अनन्तलिंगेश्वरमा एक अराजक समूहको भौतिक आक्रमबाट घाईते भएकी पोखरेलको अहिले समीट अस्पतालमा उपचार भैरहेको छ ।

समाचार लेख्दा तस्बिर खिच्दा चित्त नबुझेमा प्रक्रियागत ढंगले जाने बाटो हुँदाहुँदै त्यसतर्फ ध्यानै नदिई सार्वजनिकस्थलमा आक्रमणमा उत्रनेहरु भक्तपुर सिरुटार बस्ने सुवर्णा राउत, राजु राउत, भागीरथी राउत, किरण राउत र केदार राउतलाई पक्राउ गरि कारवाहीको प्रक्रिया थाल्न काठमाडौं शाखा र सञ्चारिका समूहले जोडदार माग गरेका छन् । पोखरेल १४ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार हुन ।

प्रकाशित मिति २०७२ असार २७ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: