क्यारिङ्गले फेरिएको गौरीको जिन्दगी


प्रकाशित मिति :2015-07-13 12:02:09

गौरीलाई आमाबाबुले सानो छँदा भन्ने गर्थे ‘तिमी सानै छौ । तिमीलाई के थाहा पैसा त बाघको मुखबाट निकाल्नु पर्छ ।’ आज उनलाई साच्चै हो जस्तो लागेको छ ।

निर्मला ठकुराठी

महेन्द्रनगर, असार २८ । भीमदत्त नगरपालिकाकी गौरी खड्का आजभोली विहान बेलुका छाक टार्ने चिन्ताले सताउन छाडेको छ ।  ‘बिहान खाए बेलुका के खाउँ चिन्ता यत्ति थियो’— उनले भनिन्, दैनिक ज्याला, मजदुरी गर्नु, खेतीपातीको समयमा धान काट्ने, गहुँकाट्ने, रोपाई गर्ने कामले दैनिक गुजारा  धान्न मुस्किल थियो । ’ एक कठ्ठा जमिनमा हुने उब्जाउले  ६ जनाको परिवार  पाल्न उनलाई सँधै धौधौ हुन्थ्यो ।

यो समस्याबाट पार पाउन उनले विकल्प खोजिरहेकी थिइन् ।  आफ्नो दुःख साथीलाई विसाइन् । साथीले क्यारिङ्ग (समान ओसारपासार गर्ने)को काम गर्न सल्लाह दिइन् ।

घरपरिवार पाल्न सकिन्छ कि भनेर क्यारिङ्गको काम गर्न तयार भएकी उनी सुरुमा भने केही आत्तिएकी थिइन् । ‘क्यारिङको काम गर्न त्यती सहज थिएन । केटी मान्छेले प्रायः नचलाउने ठुलो साइकल । अझ त्यसमा डेढ/दुई क्विन्टल समान राखेर बनबसाबाट महेन्द्रनगर ल्याउन गाह्रो थियो’—गौरी भन्छिन् ।
unnamed (1)
महेन्द्रनगरका व्यपारीका लागि भारतको बनबासाबाट उनले सामान ओसार्छिन् । ‘जति बढी समान बोक्न सक्यो, त्यसै अनुसारको पैसा पाइन्छ’ —उनले भनिन् ।  दैनिक ४/५ सय रुपैयाँ कमाउने गरेको उनले बताइन् ।

‘करिब १५ किलोमिटर टाढाबाट साइकलमा ल्याएको सामान महेन्द्रनगर बजारका पसलमा दिनुपथ्र्यो, कहिल्यै नगरेको काम सुरुमा हातखुट्टा थर्थराउथे’ उनले आफ्ना सुरु दिन  सम्झिइन् ।’

‘सामान ल्याउँदा कति पटक साइकलबाट लडियो सम्झि साध्य छैन, घरपरिवार र छोराछोरीको अवस्था सम्झेर  उठ्थेँ  र फेरी साकइल चलाउँथे’ —यति बोल्दा उनी भावुक बनिन् । परिवारको सम्पुर्ण जिम्मेवारी आफ्नै काँधमा भएकोले नसकिने काम पनि हिम्मत नहारी गरिरहेको उनी बताउँछिन् ।

चारवर्ष अघि क्यारिङ्गको काम सुरु गरेकी गौरी यतिबेला भने खुसी छन् । सामान ओसार्ने व्यवसायबाट उनको र परिवारको आर्थिक अवस्थामा पहिला भन्दा निकै परिवर्तन आएको छ ।

‘कसैको अगाडी हात फैलाउन परेको छैन । आफ्नै बलबुताले खाइरहेकी छु’ —उनी भन्छिन् । उनका श्रीमान मृगौला रोगी हुन । भारतमा उपचार गरेर निको नभएपछि घरमै छन् । उपचार गर्न लाग्ने खर्च जुटाउन नसक्दा सामान्य उपचार गरेर चलिरहेको उनी बताउँछिन ।

‘अप्रेसन गर्न पैसा थिएन । डाक्टरले ३०/३५ हजार भारतीय रुपैयाँ लाग्छ भनेका थिए । अहिलेसम्म  पैसा जुटाउन सकेकी छैन्’ उनले भनिन् । श्रीमानको उपचारका लागि पैसा जोडिरहेको उनी बताउँछिन । ‘अली अली गरेर पैसा जोड्दै छु । कैलेसम्म जम्मा गर्न सक्छु थाहा छैन’ गौरीले भनिन् ।

‘बिहान पाँचै बजे उठेर घरको काम नभ्याइ काममा निस्कन सक्दिन’—उनी भन्छिन् । बालबच्चालाई नास्ता खुवाएर बिहान ८ बजेनै निस्किने उनी राती ८ बजे मात्रै  घर फर्किने गरेको बताइन् ।
unnamed
वैशाख–जेठको चर्को गर्मीमा पनि उनले क्यारिङ्गको काम गर्न छोडिनन् । दाल, धनिया, जिरा, जुस, बिस्कुट, नम्किन, तेललगायतका सामान साईकलको अगाडी पछाडी अटाएजति ल्याउने गरेको गौरी बताउँछिन । ‘अब त गाह्रो लाग्दैन । बानी नै परिसक्यो’ उनी भन्छिन् ।

यो काम गर्न त्यति सजिलो नभएको गौरी बताउँछिन्  । कहिले काहीँ बाटोमै साईकल ढल्छ, उठाउने मान्छे हुदैनन् । कोही आउँछकी भनेर कुरिराख्नु पर्छ । कहिले काहीँ साईकल पञ्चर हुन्छ, बनाउने ठाउँ हुदैन । सामान सहित गुडाउनु पर्छ । ‘यस्तो हुँदा त दिक्क लाग्छ, के काम गर्नुपरेछ भनेर आफैलाई धिक्कार्छु’ — गौरीले भनिन् ।

गौरीलाई आमाबाबुले सानो छँदा भन्ने गर्थे ‘तिमी सानै छौ । तिमीलाई के थाहा पैसा त बाघको मुखबाट निकाल्नु पर्छ ।’ आज उनलाई साच्चै हो जस्तो लाग्छ । उनी भन्छिन ‘गाह्रो मानेर के गर्नु ? मर्नु भएन । बाँचुञ्जेल काम त गर्नै पर्‍यो ।’

प्रकाशित मितिः २०७२ असार २८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: