कारागारमा महिलाको विजोग


कारागार अनुगमन कर्मकाण्डी

प्रकाशित मिति :2015-07-13 15:43:14

नुनुता राई

काठमाडा‌ैं, असार २८ । व्यपस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले देशभरीका २० वटा कारागारको निरिक्षण गरी तयार गरेका प्रतिवेदनमा महिला बन्दीको अवस्था ज्यादै दयनीय भएको देखाइएको छ । अनुगमनका क्रममा कारागार अनुगम कार्यदलका सदस्य सभासद् भोटनीदेवी खवासले महिलाको कन्तविजोग देखेर भनिन्, ‘हुन त उनीहरू अपराध गरेर आएका हुन् यसो भन्दैमा उनीहरूलाई सामान्य सुविधाबाट सेमत बन्चित गरिनु हुन्न नि ।’

सभासद् खवासले महोत्तरी जिल्लास्थित कारागार अनुगमनका क्रममा बन्दी महिलाको अवस्था अत्यन्त दयनीय देखिन् । ढोकै नभएको नुहाउने कोठा र शौचालय शौच गर्नुपर्ने र नुहाउनु पर्ने अवस्था । चेतना र पहु“चको अभावका कारण पनि महिलाहरू कारगार भोग्न बाध्य छन् । ‘कतिपय महिला कैदी, बन्दीहरूको बोलिदिने आफन्त नहुँदा दोहोरो सजाय भोगिरहेका पनि पायौं’ —सभासद् कमला दोङ भन्छिन् ‘समस्यै समस्या कसैको भाषिक समस्या कसैको मुद्दा छिनोफानो भइसकेपनि जिम्मा लिने आफन्त नभएर पनि सजाय भोगिरहेका रहेछन् ।’

सभासद् खवास र दोङ व्यवस्थापिका संसद अन्तर्गत रहेको सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित कारागार कार्यदलका सदस्य हुन् । कार्यदलले देश भरिका २० जिल्लाको कारागार स्थलगत, अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा महिलाले बन्दीगृहमा निकृष्ट (तल्लोस्तरको) जीवनयापन गरिरहेको पाइयो । सभासद् पा“चकर्ण राईका अनुसार अनुगमनको क्रममा कैदीबन्दीहरूले कानुनले दिएको अधिकारको उपभोग समेत गर्न नपाएको देखियो । ‘शौचालय पर्याप्त नहु“दा महिला कैदीबन्दीहरूलाई थप समस्या भएको छ’ — सभासद् राईले भने ।

IMG_3866
पुरुषभन्दा महिला बन्दी थोरै कार्यदलले तयार पारेको प्रतिवेदनको तथ्याङ्कले कुल कैदीबन्दीको संख्याको तुलनामा महिलाले कम अपराध गर्ने देखाएको छ । यसको पुष्टि तथ्याङ्कले पनि गरेका छ । प्रतिवेदनका अनुसार २० वटा जेलमा पुरुषको संख्या लगभग ८ हजार छ भने ७७३ महिला रहेका छन्
कारगार निरीक्षणमा लापरवाही समितिको प्रतिवेदनमा भनिएको छ —‘कानुन बमोजिम अदालतका न्यायाधीशहरूले गर्ने कारागार निरीक्षण विधी पुर्‍याउनमात्र भएको पाइयो । सवैजसो कारागारका निरीक्षण पुस्तिका हेर्दा न्यायधिशहरूको टिप्पणी सैद्धान्तिक विषयमामात्र केन्द्रित रहेको पाइयो, निरक्षिण पुसत्कामा कैदी, बन्दीहरुले ढिला न्याय सम्पादनका कारण व्यहोर्नुपरेको असहजताको विषयमा मौनता साँधेको पाईयो ।’ यसकारण निरीक्षण गर्नुपर्ने कानुनी व्यवस्थालाई प्रभावकारी बनाउन न्यायालयको ध्यानाकर्षण गर्नुपर्ने कुरा प्रतिवेदनले औंल्याएको छ ।

साथै राष्ट्रिय मानव अधिकार आयोगले गर्ने कारागार निरीक्षणले समेत कारागार प्रशासन तथा कैदीबन्दीका समस्या उजागर गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले अव कारागार निरीक्षणका क्रममा कारागार हेर्ने संसदीय समिति, पत्रकार, जिल्लाबारका प्रतिनिधि, अधिकारकर्मीलगायत अन्य सरोकारवालालाई समेत सहभागी गराई कैदी, बन्दीको यथार्थ अवस्था उजागर गर्ने भूमिका निर्वाह गर्न राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गर्ने कुरा प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार अधिकांश कारागारमा क्षमता भन्दा बढी कैदी,बन्दी राखिएको देखिएको छ । क्षमता भन्दा बढी कैदी,बन्दी राख्दा यसको मारमा महिला सवैभन्दा धेरै मारमा परेको जनाइएको छ ।  अनुगमन टोलीले प्रतिवेदनमा कैदी, बन्दीहरूको मागलाई पनि बु“दागत रुपमा समेटेको छ । अनुगमनका संयोजक सभासद् राईले भने ‘अनुगमनबाट हामीले कैदी, बन्दीहरूको समस्या निक्र्यौल गरी व्यवस्थापिका संसदमा पेश गरेका छौं अब छिट्टै छलफल हुन्छ ।’

प्रकाशित मिति २०७२ असार २८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: