दिल्ली, असार २९ ।भारतमा गर्भ पहिचान गरी छोरी भए गर्भपतन गर्ने प्रचलन बढेका कारण महिला र पुरुषको संख्याको अनुपात निकै अन्तर देखिएको एक प्रतिवेदनले जनाएको छ । प्रतिवेदनका अनुसार छोरालाई प्राथमिकता दिने संस्कारले गर्दा भारतको लैङ्गिक अनुपातमा निराशाजनक रुपमा भिन्नता पाइएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । भारतका केही राज्यमा गैरकानुनीरुपमा महिलालाई बाहिरबाट ल्याई दास बनाउने गरेको प्रतिवेदनले जनाएको छ ।
कानुनी रुपमा गर्भ जाँचमा सरकारले रोक लगाएपनि भारतमा महिलालाई गर्भ जाँच गर्न लगाई छोरी भए गर्भपतन गर्न बाध्य बनाइने गरेको समाचारमा जनाइएको छ । २०११ मा गरिएको एक अध्ययन अनुसार भारतमा विगत ३० वर्षमा १ करोड २० लाख महिलाको गर्भ मै हत्या गरिएको छ । तथ्याङ्क अनुसार हरियाणा राज्यमा महिला पुररुषबीचको संख्यामा सबैभन्दा बढि भिन्नता रहेको छ ।
संयूक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार भारतमा प्रत्येक दिन ७ हजार महिलाको गर्भमै तथा जन्मनासाथै हत्या हुने गरेको छ , जसले गर्दा भारतमा महिलाको जनसंख्या निकै ओरालो लागेको छ । विशेषगरी भारतका पश्चिमी राज्यहरूमा उक्त समस्या देखिएको छ , ती राज्यमा पुरुषले विपन्न र पिछडिएका क्षेत्रबाट गरिब परिवारका छोरी ल्याई विहे गरिरहेको प्रतिवेदनमा औंल्याईको छ ।
भारतीय जनगणना २०११ अनुसार भारतमा महिला र पुरुषको जनसंख्याको अनुपात ८७७ : १००० रहेको छ । ( http://www.census2011.co.in/sexratio.php)
प्रधानमन्त्री नरेन्द्र मोदीले बीवीपुर भन्ने गाउँबाट गर्भ पहिचान पतन गर्ने प्रबृत्ति रोक्न “सेभ डटर्स , एजुकेट डटर्स ” डटर्स अभियानसेल्फीवीथ डटर्स अभियान थालेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सन्जालमार्फत सचेतना अभिबृद्धि गर्न उक्त अभियान विस्तार गरेका थिए ।
Comment Here!