लैंगिक समानता र समावेशीता भएन


प्रकाशित मिति :2015-07-14 20:09:26

महिला खबर
ललितपुर, असार २९। अर्थशास्त्री डा. मीना आचार्यले लैंगिक समानता र समावेशीतालाई बजेटले कत्तिपनि नछोएको प्रतिक्रिया दिनुभएको छ। सरकारले आज प्रस्तुत गरेको बजेटका सम्बन्धमा महिला खवर डटकमसँग कुरा गर्दै डा. आचार्यले महिला कै लागि विशेष कार्यक्रम तोकेर नआएको र आएका कार्यक्रममा पनि बजेट नतोकिएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘बजेट नीतिका रुपमा आउँथ्यो तर यसपाली त्यसरी आएन।

‘ युवाका लागि कार्यक्रम र बजेट तोकेरै आएपनि महिलाका लागि नआएको उहाँको भनाई थियो। ‘बजेटमा कृषिलाई प्राथमिकता दिएपनि ५७ प्रतिशत महिला कृषि मजदुरलाई सम्बोधन गरिएन’ उहाँले भन्नुभयो।

CJ36ABbUAAEmz5J

नेपाली काग्रेंसका सभासद सीता गुरुङले ‘महिला हिंसा न्यूनिकरण, स्वास्थ्य, शसक्तिकरण र आत्मनिर्भर बनाउने खालको महिला अनुकूल बजेट नआएको’ प्रतिक्रिया दिनुभयो। भूकम्पपछि विस्थापित हुने महिला तथा बालबालिका धेरै भएपनि उनीहरूको पुर्नस्थापना र जिविकोपार्जनका लागि स्पष्ट बजेट नआएको उहाँको भनाई थियो।

नेकपा एमालेका सभासद गरिमा शाहले बजेट महिला केन्द्रित नभएको प्रतिक्रिया दिनुभयो। महिला लक्षित बजेट नआएको र यसले ५१ प्रतिशत महिलालाई सम्बोधन नगरेका उहाँको भनाइ थियो। तर महिला उद्यमशीलता कोष १० जिल्लामा विस्तार गर्ने र बृद्ध भत्ता बढाउने खालका कुरा भने प्रशंसायोग्य भएको उहाँले बताउनुभयो।

एमाओवादी सभासद रुपमा महर्जनले महिला सशक्तिकरणका लागि ठोस बजेट नआएको बताउनुभयो। उहाँले यो बजेट सबैलाई खुशी पार्ने गरी पुरानै तरीकाले ल्याइएको प्रतिक्रिया दिनुभयो। उहाले भन्नुभयो, ‘बजेट महिला मैत्री मात्र नभएको होइन, अरु बिशेष कार्यक्रम पनि छैनन्।’

प्रकाशित मितिः २०७२ असार २९ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: