महिला खबर
नेपालगन्ज, असार ३० । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका नर्सहरूले विभिन्न माग राख्दै पूर्ण रुपमा ओपिडी र ल्याब सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
नर्सिङ्ग कर्मचारीहरूलाई भोलिन्टियर र ट्रेनीका रुपमा हुने श्रम शोषणको अन्त्य गर्दै आवश्यक दरबन्दी सिर्जना गरी कार्यरत कर्मचारीलाई करार नियुक्ति तत्काल उपलब्ध गराउनुपर्ने, नयाँ कर्मचारीका लागिलिखित परीक्षाका आधारमा पद पदपूर्ति गर्ने व्यवस्था गरी भोलिन्टियर, ट्रेनी प्रथा अन्त्य गर्ने र समान कामको समान तलब दिनुपर्ने लगायतका माग उनीहरूका छन् ।
त्यस्तै अन्य नर्सिङ्ग प्रशासनमा तालाबन्दी, कालोपट्टी बाँधेर विरोध जनाउने लगायतका कार्यक्रमलाई उनीहरूले निरन्तरता दिदै आएको नर्सले रजनी निरौलाले बताउनु भयो । आन्दोलनको ११ औं दिन बितिसक्दा पनि अस्पताल व्यवस्थापन पक्षले कुनै सुनुवाई गरेको छैन् ।
लर्डबुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संगठनले नर्सहरूको आन्दोलनलाई समर्थन जनाएको छ । मजदुर तथा कर्मचारीमाथि हुने अन्याय संगठनलाई मान्य नहुने बताउँदै केन्द्रीय अध्यक्ष टिएन रावतले आन्दोलनलाई समर्थन गरेको बताउनुभयो ।
प्रकाशित मिति २०७२ असार ३० गते बुधवार
आन्दोलनकारी नर्सहरू
Comment Here!