महिला खबर
इलाम, ३० असार । बालिका बलात्कार गर्ने इलाम चुलाचुलीका भुपेश भनिने राजेन्द्र फागो लिम्बूलाई जिल्ला अदालत इलामले १२ वर्ष कैद र ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले लिम्बूलाई १२ वर्ष कैद र पीडित बालिकालाई र ३० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।
१० वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै असार १३ गते लिम्बुविरुद्ध बालिकाकाे परिवारले जिल्ला अदालत इलाममा मुद्दा दायर गरेको थियो ।
प्रकाशित मितिः २०७२ असार ३० गते बुधवार
Comment Here!