बालिका वलात्कार गर्ने पक्राउ


प्रकाशित मिति :2015-07-15 14:58:24

महिला खबर

धरान, असार ३०। आठ वर्षीया बालिका बलात्कार गरेको आरोपमा वराहक्षेत्रका ४० वर्षीय नवराज राई पक्राउ परेका छन्। बालिकाको आमाको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले सोमवार पक्राउ गरेको हो।

गत सोमवार घरमा कोही नभएको मौका छोपी आफ्नै जेठी सासुकी छोरीलाई राईले बलात्कार गरेको प्रहरीले बताएको छ। ४ कक्षामा अध्ययनरत बालिका आगनमा वसेर होमवर्क गरीरहेको वेला राईले बलात्कार गरेको उजुरीमा उल्लेख छ।
यसअघि पनि बालिकालाई मार्ने र कुट्ने धम्कि दिंदै पटक पटक बलात्कार गरेको बालिकाले उनकी आमा र सानीमालाई वताएपछि घटना सार्वजनिक भएको हो।

आरोपित राईले भने घटना नस्विकारेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान गर्न म्याद थप गरी उनलाई हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक राम ढकालले वताउनुभयो।

प्रकाशित मितिः २०७२ असार ३० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: